१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

रहेनन् खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक रिमाल



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेशकुमार रिमालको निधन प्रति परिषदले शनिबार शोकसभा कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली व्यक्त गरेको छ ।

वीरगञ्ज पर्सा स्थायी घर भएका रिमालको शुक्रबार बाँसवारीस्थित न्युरो अस्पतालमा ५७ वर्षको उमेरमा निधन भएको थियो । उनी टाउकोको समस्याबाट ग्रसीत थिए । २०५० सालमा राखेपमा भलिबल प्रशिक्षक (तृतीय श्रेणी) का रुपमा सेवा प्रवेश गरेका रिमाल त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहेर भलिबल खेलेका थिए ।

अन्तिम श्रद्धाञ्जली दिन रिमालको पार्थीव शरीरलाई त्रिपुरेश्वरस्थित राखेप हातामा राखिएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल लगायतका पदाधिकारीहरु सहित परिवारजनले रिमालको पार्थीव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रिमालको पार्थीव शरीरमा उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवालले राखेपको भmण्डा तथा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले भलिबल संघको झण्डा ओढाएका थिए ।

राखेपमा भलिबलका प्रमुख प्रशिक्षकको जिम्मेवारी समेत सम्हालेका रिमालले नेपाली सेना र नेपाल प्रहरीमा पनि प्रशिक्षकका रुपमा कार्य गरेका थिए । उनले १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको एसियाली खेलकुद खेलेका थिए । रिमालको प्रशिक्षणमा नेपालले विभिन्न संस्करणको सागमा पदक जितेको छ ।

उपाध्यक्ष कोइरालाले रिमालको निधनमा उनले पूरा गर्न नसकेको कामलाई उनका सहकर्मीले पूरा गर्न प्रतिबद्धत भएर अगाडि बढ्नु पर्ने धारणा राखे ।

सदस्य–सचिव सिलवालले रिमाल एक कुशल प्रशिक्षक भएको बताउदै उनको निधनले भलिबलमा अपूर्णिय क्षति पुगेको बताए । उनले रिमालको निधनको शोकमा आइतबार खेलकुदका कार्यालय बन्द गर्ने जानकारी दिए ।

भलिबल संघका अध्यक्ष शर्माले भलिबलको असल र कुशल प्रशिक्षकलाई गुमाउनु पर्दा निकै दुखित भएको बताउदै भलिबलले अपूर्णिय क्षति व्यहोर्नु परेको बताए ।

स्व. रिमालको शनिबारै पशुपति आर्याघाटमा अन्त्येष्ति गरिएको छ । रिमालका श्रीमति, छोरा र छोरी छन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ८ : ३८ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा