११ असार २०८३, बिहिबार | June 26, 2026

रहेनन् खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक रिमाल



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेशकुमार रिमालको निधन प्रति परिषदले शनिबार शोकसभा कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली व्यक्त गरेको छ ।

वीरगञ्ज पर्सा स्थायी घर भएका रिमालको शुक्रबार बाँसवारीस्थित न्युरो अस्पतालमा ५७ वर्षको उमेरमा निधन भएको थियो । उनी टाउकोको समस्याबाट ग्रसीत थिए । २०५० सालमा राखेपमा भलिबल प्रशिक्षक (तृतीय श्रेणी) का रुपमा सेवा प्रवेश गरेका रिमाल त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहेर भलिबल खेलेका थिए ।

अन्तिम श्रद्धाञ्जली दिन रिमालको पार्थीव शरीरलाई त्रिपुरेश्वरस्थित राखेप हातामा राखिएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल लगायतका पदाधिकारीहरु सहित परिवारजनले रिमालको पार्थीव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रिमालको पार्थीव शरीरमा उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवालले राखेपको भmण्डा तथा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले भलिबल संघको झण्डा ओढाएका थिए ।

राखेपमा भलिबलका प्रमुख प्रशिक्षकको जिम्मेवारी समेत सम्हालेका रिमालले नेपाली सेना र नेपाल प्रहरीमा पनि प्रशिक्षकका रुपमा कार्य गरेका थिए । उनले १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको एसियाली खेलकुद खेलेका थिए । रिमालको प्रशिक्षणमा नेपालले विभिन्न संस्करणको सागमा पदक जितेको छ ।

उपाध्यक्ष कोइरालाले रिमालको निधनमा उनले पूरा गर्न नसकेको कामलाई उनका सहकर्मीले पूरा गर्न प्रतिबद्धत भएर अगाडि बढ्नु पर्ने धारणा राखे ।

सदस्य–सचिव सिलवालले रिमाल एक कुशल प्रशिक्षक भएको बताउदै उनको निधनले भलिबलमा अपूर्णिय क्षति पुगेको बताए । उनले रिमालको निधनको शोकमा आइतबार खेलकुदका कार्यालय बन्द गर्ने जानकारी दिए ।

भलिबल संघका अध्यक्ष शर्माले भलिबलको असल र कुशल प्रशिक्षकलाई गुमाउनु पर्दा निकै दुखित भएको बताउदै भलिबलले अपूर्णिय क्षति व्यहोर्नु परेको बताए ।

स्व. रिमालको शनिबारै पशुपति आर्याघाटमा अन्त्येष्ति गरिएको छ । रिमालका श्रीमति, छोरा र छोरी छन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ८ : ३८ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा