५ असार २०८३, शुक्रबार | June 19, 2026

कोभिड-१९ पुनः संक्रमणको जोखिम कायम छ



काठमाडौं । कोभिड-१९ संक्रमणपछि निको भएर घर फर्केका पेप्सीकोला, काठमाडौं, रौतहट र दिल्ली निवासी तथा वीरगन्जका एकएक गरी धेरै जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिनु चिकित्सकले चुनौतीका रूपमा लिएका छन् ।

कोभिड–१९ को संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला निको हुनेको संख्या पनि बढिरहेको छ । निको भइसकेकालाई संक्रमण हुन सक्छ कि सक्दैन भन्नेमा यथेष्ट प्रमाण नभेटिएको भन्दै गर्दा नेपालमा एकपछि अर्को पुनः संक्रमण देखिइरहेको छ । त्यसो त दक्षिण कोरिया, चीनलगायतका देशमा पुनः संक्रमणको घटना छन् ।

संक्रमित निको भएको तीन महिनासम्म पीसीआर परीक्षण गर्दा पुनः कोभिड-१९ पोजिटिभ आउने सम्भावना रहने सीडीसीले जनाएको छ । तथापि, दोस्रोपटकको पाजेटिभ पहिलाको जस्तो खतरनाक र अन्यलाई रोग सार्ने हुँदैन । सीडीसीले स्रक्रमण र सार्नसक्ने हिसाबले सामान्य लक्षण देखिएकामा पीसीआर परीक्षण भएको १० दिनपछि आइसोलेसनबाट बाहिर आउन सक्ने बताएको छ । साथै, डिस्चार्ज र आइसोलेसनबाट बाहिर आउन परीक्षणभन्दा लक्षणलाई मान्नुपर्ने बताएको छ ।

हर्ड इम्युनिटीले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई मात्र सुरक्षा दिँदैन, यसले भाइरसको संक्रमण सुस्त र संक्रामक रोग फैलिन असहयोग गर्छ

पुनः संक्रमण

संसारभर फैलिरहेको कोरोना कहिल्यै नजाने हो कि चिन्ता बढेको छ । प्रतिरोधात्मक क्षमता विकास भए पनि पुनः संक्रमण भइरहँदा रुघाखोकी जस्तै विश्वभर रहिरहने डर छ । हङकङमा एक ३३ वर्षीय पुरुषलाई ४ महिनापछि अगस्ट १५ मा स्पेनबाट बेलायत हुँदै हङकङ पुग्दा दोहोरिएर कोरोना संक्रमण भएको छ ।

भारतको बैंगलोरमा एक निजी अस्पतालले जुलाईमा पहिलो पटक संक्रमण देखिएको २६ वर्षीया महिलामा दोस्रोपटक अगस्ट २४ मा (यापिड एन्टिजेन र पीसीआर दुवै टेस्टमा कोरोना संक्रमण भएका व्यक्ति फेला परेको बीबीसीले जनाएको छ । उनको एन्टिबडी नेगेटिभ आएपछि दोस्रोपटक संक्रमित भएका हुन् ।

जापानको ओसाकामा एक हेल्थ केयर सेन्टरमा फेब्रुअरी अन्तमा एक ४० वर्षीय महिलामा कोरोनाको उपचार गराएर घर फर्किएको १० दिनमा फेरि पोजिटिभ पाइएको थियो । त्यस्तै, जियाग्सु प्रान्तका एक चिनिया व्यक्ति पनि निको भएर घर फर्किएको तीन दिनपछि फेरि संक्रमण देखिएर भर्ना भएका थिए ।

चीनमा १० प्रतिशतसम्म परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएकामा पुनः संक्रमण देखिएको थियो । पुनः संक्रमण देखिए पनि यो संख्या एकदमै न्यून छ । तर, वैज्ञानिक भाइरस पुनः देखिनु असम्भव हो भन्छन् ।

पुनः संक्रमण देखिनु कारण उनीहरूको शरीरमा केही मात्रामा भाइरस छुटेको हुनपर्छ, रोग प्रतिरक्षा प्रणालीमा समस्या भई सही एन्टिबडीको निर्माण नहुने वा प्रयोगशाला तथा परीक्षणको विश्वसनीयतामा कमी हुन सक्छ । संक्रमितको स्वास्थ्य र उमेरले पनि निर्धारण गर्दछ ।

स्पेनका भाइरोलोजिस्ट लुई इन्वानेसका अनुसार कम्तीमा १४ प्रतिशत बिरामीमा कोरोनाको पुनः संक्रमण देखापरेको छ तर यो पुनः संक्रमण नभई पुरानै भाइरस फेरि बल्झिएको हो कि ? अर्थात् रोग प्रतिरोधी क्षमता घट्दा शरीरमा रहेका भाइरस बल्झिन सक्छ । व्यक्तिगत इम्युनिटी मात्र होइन, हर्ड इम्युनिटीले पनि रोगसँग लड्न सक्ने क्षमता कायम गराउँछ ।

हर्ड इम्युनिटीले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई मात्र सुरक्षा दिँदैन । यसले भाइरसको संक्रमण सुस्त र संक्रामक रोग फैलिन सहयोग गराउँछ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ६ : ३५ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र