१५ असार २०८३, सोमबार | June 29, 2026

एमसीसी सम्झौता अघि नबढाए उर्जा संकट व्यहोर्नुपर्छ : उर्जामन्त्री रायमाझी



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपालका लागि मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अत्यावश्यक रहेको बताएका छन् ।

आइतबार ऊर्जा, जलस्रोत तथाा सिंचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले नेपालको कानूनसँग बाझिने एमसीसीका कतिपय सम्झौता छन् भने तिनलाई संशोधन गरेर भएपनि यो लागुगर्नुपर्ने बताएका हुन् । एमसीसी अघि नबढाए नेपालले ट्रान्समिसन लाइन बनाउन नसक्ने र त्यसबाट उर्जामा संकट उत्पन्न हुने उनले दाबी गरे ।

मन्त्री रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताए । देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको उनले दाबी गरे र

मन्त्री रायमाझीले सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भिरतापूर्वक लिई जिम्मेवारी पुरा गर्ने बताए । उनले भने ‘देश असाध्यै विषम परिस्थितिमा छ । यदि हामीले सिस्टमलाई बचाउनको निम्ति मेहनत गरेनौं भने यो सिस्टम नै कोल्याप्स भएर, धरासायी भएर, अराजकता फैलने दिशातर्फ अघि जाने सम्भावना भएको हुँदा एकातर्फ त्यो सिस्टमलाई बचाउन मध्यावधि चुनावमा जाँदैछौ । त्यो चुनाव सम्पन्न गर्नुछ । सरकारलाई सडकमा लगेर लावारिस गर्नुभएन । सरकारलाई सम्हाल्नुप¥यो । देशको विकास निर्माण, समृद्धिको काम, भइरहेका कामलाई निरन्तरता दिने र नयाँ कामलाई अगाडी बढाउने कामलाई हामिले गम्भीरतापूर्वक लिनुपर्छ । दुवै जिम्मेवारी सम्हाल्नुपर्छ ।’

मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गरे । देशको विकास र समृद्धिलाई अवरुद्ध हुन नदिने लक्ष्य सहित आफु सरकारमा उपस्थित भएको पनि मन्त्री रायमाझीले बताए ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १२ : ४४ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै