२० बैशाख २०८३, आइतबार | May 3, 2026

संसद विघटनविरुद्ध कांग्रेसले आज १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै



काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्दैछ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले विरोध भने पहिलोपटक गर्न लागेको हो ।

पदाधिकारी बैठकमा असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख कदम ठहर गरेको कांग्रेस ७ गतेदेखि सुरु केन्द्रीय समितिमा भने चुनावमा जाने कि विरोधमा भन्ने विवादमा फसकेको थियो ।

सभापति शेरबहादुर देउवा पक्षले आन्दोलनलाई निकासहीन बन्न सक्ने भन्दै निर्वाचनकेन्द्रित कार्यक्रममा जानुपर्ने बताएपछि संस्थापनइतर पक्ष बिच्किएको थियो । उसले असंवैधानिक विज्ञप्तिमा भनेर नहुने भन्दै चर्को विरोध जनाएपछि विवादका विषयसमेत सार्वजनिक भएका थिए ।

सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गरी कांग्रेसले सर्वसम्मतिबाट आन्दोलनमा जाने निर्णय गरेको भन्दै उत्साहजनक सहभागिताका लागि अपिल गरेका छन् ।

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतसाथ उभिएको छ,’’ देउवाले वक्तव्यमा भनेका छन्, ‘‘जारी केन्द्रीय कार्यसमितिमा म आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम्विरुद्ध सहभागी हुन पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रप्रेमीलाई अपिलसमेत गरेका छन् ।

कांग्रेसका केही नेताबाहेक अधिकांश नेताहरु आ-आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । सभापति देउवाले भक्तपुर, प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं-२ मा सम्बोधन गर्नेभएका छन् भने युवा नेताहरु गगन थापाले नेपालगन्ज र धनराज गुरुङले गोरखामा सम्बोधन गर्ने कार्यक्रम छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्र पुगिसकेका छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले नयाँबानेश्वरमा आफ्नै क्षेत्रको सभालाई सँबोधन गर्दै छन् ।

उपत्यकाकेन्द्रित एकीकृत सभा गर्दा पर्याप्त उपस्थिति र प्रभाव रहने भनेर केन्द्रीय समितिमा प्रस्ताव आए पनि निर्वाचन क्षेत्रकेन्द्रित गर्ने भनिएका कारण सबै निर्वाचन क्षेत्रमा प्रदर्शन हुन लागेको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : ३९ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज