१५ असार २०८३, सोमबार | June 29, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसले ७५३ स्थानीय तहमा प्रदर्शन गर्दै



काठमाडौं । नेपाली काँग्रेसले आज शनिबार देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै काँग्रेसले सरकार विरुद्ध सडक प्रदर्शन गर्दै आएको छ ।

आज सातसय ५३ वटै स्थानीय तहमा प्रदर्शन हुने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

गत पुष १९ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनको घोषणा गरेको थियो । जसअनुसार पुष २५ गते सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । माघ ८ गते सबै स्थानीय तहका ६ हजार ६४३ वडामा विरोध प्रदर्शन गर्ने काँग्रेसको योजना रहेको छ ।

पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेसले तत्कालै त्यसको विरोध गर्दै सडकमा उत्रिएको थियो । तर, अझै पनि काँग्रेसभित्र प्रधानमन्त्रीले आगामी बैशाखमा आयोजना गर्ने भनेको निर्वाचन या असंवैधानिक कदम विरुद्ध सशक्त विरोध प्रदर्शन भन्नेमा दुविधा रहेको छ ।

पार्टी सभापति देउवा सर्वोच्च अदालतले जे निर्णय दिन्छ त्यही मान्नुपर्ने भन्दै सडक प्रदर्शन देखाउनका लागि मात्रै गर्न खोज्दैछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने सरकारको असंवैधानिक कदम विरुद्ध आन्दोलन मुख्य कार्यनीति हुनुपर्ने अडानमा रहेको छ । तर, गतसातादेखि भने सभापति देउवा पनि ओलीले बैशाखमा निर्वाचन गराउन नसक्ने भन्न थालेका छन् ।

 

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : २८ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै