१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसले ७५३ स्थानीय तहमा प्रदर्शन गर्दै



काठमाडौं । नेपाली काँग्रेसले आज शनिबार देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै काँग्रेसले सरकार विरुद्ध सडक प्रदर्शन गर्दै आएको छ ।

आज सातसय ५३ वटै स्थानीय तहमा प्रदर्शन हुने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

गत पुष १९ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनको घोषणा गरेको थियो । जसअनुसार पुष २५ गते सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । माघ ८ गते सबै स्थानीय तहका ६ हजार ६४३ वडामा विरोध प्रदर्शन गर्ने काँग्रेसको योजना रहेको छ ।

पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेसले तत्कालै त्यसको विरोध गर्दै सडकमा उत्रिएको थियो । तर, अझै पनि काँग्रेसभित्र प्रधानमन्त्रीले आगामी बैशाखमा आयोजना गर्ने भनेको निर्वाचन या असंवैधानिक कदम विरुद्ध सशक्त विरोध प्रदर्शन भन्नेमा दुविधा रहेको छ ।

पार्टी सभापति देउवा सर्वोच्च अदालतले जे निर्णय दिन्छ त्यही मान्नुपर्ने भन्दै सडक प्रदर्शन देखाउनका लागि मात्रै गर्न खोज्दैछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने सरकारको असंवैधानिक कदम विरुद्ध आन्दोलन मुख्य कार्यनीति हुनुपर्ने अडानमा रहेको छ । तर, गतसातादेखि भने सभापति देउवा पनि ओलीले बैशाखमा निर्वाचन गराउन नसक्ने भन्न थालेका छन् ।

 

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : २८ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण