१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

संविधानको रक्षा गर्नु नै आजको आवश्यकता : शशांक कोइराला



कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको रक्षा गर्नु नै आजको आवश्यक भएको बताएका छन ।

संसद बिघटनको बिरोधमा आज पुर्वी नवलपरासीको देवचुलीमा भएको विरोध सभालाई सम्बोधन गर्दै कोईरालाले संसद विघटन गरेर सरकारले संविधानमाथि कुठाराघात गरेको आरोप लगाए ।

कोइरालाले संविधान मिचिँदा काँग्रेस चुप लागेर बस्न नसक्ने जनाउँदै संविधानको रक्षा गर्नु आवश्यक भएको बताए ।

काँग्रेस महामन्त्री कोइरालाले नेकपाको विभाजनबारे निर्वाचन आयोगले छिटो टुंगो लगाउनुपर्ने बताए । आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताउँदै उनले भने, ‘ नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।’

यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो । तर, आउँदो चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी हुने कोइरालाले दाबी गरे ।

महामन्त्री कोइरालाले कांग्रेसले स्वतन्त्र रुपमा एक्लै आन्दोलन गर्ने बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ४ : २८ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७