२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

बलियो पुर्बाधार निर्माणका लागि दाङको बबईमा डकर्मीलाई तालिम



दाङ । गुणस्तरिय भौतिक पुर्बाधार निर्माण गर्न बबई गाउँपालिकामा रहेका डकर्मीलाई सात दिने तालिम दिन सुरु गरिएको छ । बबई गाउँपालिकाको पुर्बाधार बिकास शाखाको आयोजनामा तालिम सुरु भएको हो ।

परम्परागत रुपमा निर्माणका काममा संलग्न रहेका डकर्मीहरुलाई तालिम दिन सुरु गरेको ईञ्जीनियर राजेश देबकोटाले जानकारी दिए । तालिम मार्फत् घर तथा अन्य बिकास निर्माणका काममा सहयोग पुग्ने देबकोटाले बताए ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भुकम्प प्रबिधी भौतिक पुर्बाधार निर्माण गर्ने गरी दक्ष डकर्मी उत्पादन गर्न प्रशिक्षकहरुलाई आग्रह गरे । उनले सहरी क्षेत्रका रुपमा हापुरे क्षेत्रको बिकास हुन लागेको भन्दै डकर्मीलाई दिन लागिएको तालिम फलदायी हुने अपेक्षा गरे ।

सात दिनसम्म चल्ने तालिममा भवन निर्माण गर्ने समयमा ध्यान पु¥याउनुपर्ने बिषय, निर्माणको कार्यलाई ब्यबस्थित गर्ने बिषय, गुणस्तरको मापन जस्ता बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिममा २६ जनाको सहभागीता रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : २० बजे

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा