२ माघ २०८१, बुधबार | January 15, 2025

केपी ओली समूह तानाशाही गुट हो, सूर्य चिह्न हाम्रै हो : वरिष्ठ नेता खनाल



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको समूह तानाशाही गुट भएको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड-नेपाल पक्षले राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै खनालले यस्तो आरोप लगाएका हुन् ।

आधिकारीक नेकपा आफ्नै समूह रहेको दाबी गर्दै खनालले सूर्य चिह्नसमेत आफ्नै समूहको रहने बताए । ‘बालुवाटारमा भेला भएका समूह तानाशाही गुट हुन् । आधिकारिक नेकपा हामी नै हौँ । सूर्य चिह्न हाम्रै हुने छ,’ खनालले भने ।

ओलीले जनताको जनादेशमाथि घात गरेको खनालको भनाइ छ । ओलीले पार्टीलाई भर्‍याङ मात्रै बनाएको खनालको तर्क छ । ‘ओलीले पार्टीलाई पदमा पुग्ने भर्‍याङ मात्रै बनाउनुभयो । सत्ता प्राप्तिपछि उहाँले पार्टीलाई बिर्सनुभयो,’ उनले भने ।

ओली परिस्कृत हुने विश्वाससहित प्रधानमन्त्री बनाए पनि तानाशाही बन्दै उनले पार्टी तथा जनतालाई धोका दिएको खनालको आरोप छ ।

सभामा बोल्दै नेता खनालले ओली सरकारले मरिचमान श्रेष्ठले जतिपनि काम गर्न नसकेको बताए । रानीपोखरी केपी ओलीको पालामा बनेको भएपनि त्यो ओलीले नभएर कालिगढ र कर्मीहरुले बनाएको बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : १७ बजे

भूमिसबन्धी अध्यादेशमा बालेन शाहको व्यंग्य

काठमाडौं । सरकारले भूमिसबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया

यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौं । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा