३१ भदौ २०८३, बुधबार | September 16, 2026

केपी ओली समूह तानाशाही गुट हो, सूर्य चिह्न हाम्रै हो : वरिष्ठ नेता खनाल



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको समूह तानाशाही गुट भएको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड-नेपाल पक्षले राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै खनालले यस्तो आरोप लगाएका हुन् ।

आधिकारीक नेकपा आफ्नै समूह रहेको दाबी गर्दै खनालले सूर्य चिह्नसमेत आफ्नै समूहको रहने बताए । ‘बालुवाटारमा भेला भएका समूह तानाशाही गुट हुन् । आधिकारिक नेकपा हामी नै हौँ । सूर्य चिह्न हाम्रै हुने छ,’ खनालले भने ।

ओलीले जनताको जनादेशमाथि घात गरेको खनालको भनाइ छ । ओलीले पार्टीलाई भर्‍याङ मात्रै बनाएको खनालको तर्क छ । ‘ओलीले पार्टीलाई पदमा पुग्ने भर्‍याङ मात्रै बनाउनुभयो । सत्ता प्राप्तिपछि उहाँले पार्टीलाई बिर्सनुभयो,’ उनले भने ।

ओली परिस्कृत हुने विश्वाससहित प्रधानमन्त्री बनाए पनि तानाशाही बन्दै उनले पार्टी तथा जनतालाई धोका दिएको खनालको आरोप छ ।

सभामा बोल्दै नेता खनालले ओली सरकारले मरिचमान श्रेष्ठले जतिपनि काम गर्न नसकेको बताए । रानीपोखरी केपी ओलीको पालामा बनेको भएपनि त्यो ओलीले नभएर कालिगढ र कर्मीहरुले बनाएको बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : १७ बजे

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक

सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा