२० मंसिर २०८२, शनिबार | December 6, 2025

केपी ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार छौ : माधव नेपाल



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाइएको बताएका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा नेकपा प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि ओलीलाई अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको बताएका हुन् ।

साथै, ओलीलाई सुध्रिन अन्तिम पटक मौकासमेत दिएको उनको भनाई छ । ‘अझै उहाँ सुध्रनुहुन्छ कि भनेर पार्टी सदस्यबाट हटाएका छैनौँ । अन्तिम मौका दिएका छौं ।’ नेपालको भनाइ छ । अझै पनि ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार रहेको नेता नेपालले जनाए ।

ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’

उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको बताए । उनले भने, ‘गल्ती भयो भन्ने स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ र पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने सबै विषयमा छलफल गर्न तयार छौं ।’

अन्यथा, भीरबाट लड्नेलाई रामराम मात्र भन्न सकिने पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बताए । यही बाटोमा हिँडे निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको अन्त्य हुने उनले बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : ४४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय