३१ भदौ २०८३, बुधबार | September 16, 2026

आफैँले बनाएको प्रधानमन्त्रीबाट संविधान र गणतन्त्रमाथि प्रहार भयो, क्षमा माग्छु : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा मागेका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्षमा मागेका हुन् ।

प्रचण्डले ओलीले संसद विघटन गरेर कलंकको टिका लगाएको भन्दै अब जनतामाझ गल्तीको माफ नमागेसम्म उनी कलंकित भइरहने पनि ठोकुवा गरे ।

प्रचण्डले ओली संविधान विरोधी र संघीयता, लोकतन्त्र र जनभावनाको कदर नगर्ने व्यक्ति भएको भन्दै संविधानमा हुँदै नभएको प्रावधानअनुसार सदन भंगको घोषणा गरेपनि आफूहरु जिउँदै भएकाले सदन जिउँदो भएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले बयलगाढाको सिद्धान्त बोकेका प्रधानमन्त्री केपी शर्मा ओली अझै बयलगाढामै रहेको बताए ।

उनले संघीयता र गणतन्त्रका विरोधी रहेका ओलीलाई आफूले सुधारेको सम्झिएपनि उनी अफै यी सबै व्यवस्थाको विरोधी रहेको संसद विघटनको कदमले पुष्टि गरेको बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ४ : १९ बजे

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला