२० माघ २०८२, मंगलबार | February 3, 2026

द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजले सुरु गर्यो एसीसीए प्रोग्राम



काठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीए (एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ ।

ब्रिटिस प्रोफेसनल कलेज एसीसीएबाट गोल्ड एएलपीबाट मान्यताप्रता रहँदै आएको कलेज हो । सन् २०१२ देखि एसिसिए परीक्षाका लागि सयौँ विद्यार्थीहरु तयार गरिसकेको यो कलेजले उत्कृष्ट प्रोफाइल बनाउन सफल भएको छ । यो कलेजबाट एसिसिए वल्र्ड परीक्षा टपर र लगातार एसीसीए नेपाल टपरहरु हुन सफल भएका छन् ।

कलेजले अत्याधुनिक प्रविधिबाट विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आइरहेको छ । यस्तै कलेजले विभिन्न संघसंस्थाहरुसँग सम्झौता गरेको छ जसका कारण विद्यार्थीहरुले सजिलै आर्टिकलसिप सहजै पाउने गर्छन् ।

कलेजले कोरोना महामारीकाबीच दक्ष शिक्षकहरुमार्फत विद्यार्थीहरुलाई अनलाइन प्लेटफर्म उपलब्ध गराई निरन्तर पठनपाठन गराउने नेपालमा एकमात्र एएलपी बनेको छ ।

सबै तहका पठनपाठनलाई सहज रुपले कलेजले अगाडि बढाउन सफल भएको छ । वैकल्पिक रुपमा कलेजले अनलाइन क्लास उपलब्ध गराउँदै आइरहेको छ । कोरोना महामारीका बीच पनि एसिसिएले फाइनल र कलेजले आन्तरिक परीक्षाहरु गराउन सफल रहेको छ ।
कलेजले आफ्नो उत्कृष्ट विद्यार्थीको अनुभव र नतिजालाई अनुगमन गर्न र सुधार गर्न विशेष काम राख्दै आइरहेको छ । कलेजका ट्युटरहरूले विद्यार्थीहरूलाई अध्ययनका लागि उनीहरूको सबै विकल्पहरूको बारेमा सचेत गराएका छन् ।

कलेजले सबै संकाय, स्टाफ, विद्यार्थी, अभिभावकलाई कलेजको वैकल्पिक प्रविधि प्रयोग गरेर अध्ययन र अन्य गतिविधिहरूमा उनीहरूको सहयोगका लागि आभार व्यक्त गरेको छ । विद्यार्थीको प्रगति र सुरक्षा सुनिश्चित गर्न कलेज प्रयासरत छ । यो कठिन समयमा कुनै पनि परिस्थितिको सामना गर्न विद्यार्थीको साथमा कलेज रहेको छ ।

द ब्रिटिस कलेजको कार्यकारी प्रिन्सिपलमा नियुक्त भएकी प्रोफेसर मेरीले ,‘एक सक्षम एसिसिए एकाउन्टेन्ट भएको हैसियतले भन्नुपर्दा मेरो पुरै करिअर क्वालिफाइड एकाउन्टेन्टका रुपमा धेरै फाइदा गरेको छ । वर्तमान अवस्था विश्वव्यापी रूपमा कठिन अवस्था रहेको बताइन ।

महामारी र जलवायु परिवर्तनको प्रभावले ठुलो असर पारेको छ । मलाई विश्वास छ एक व्यवसायिक योग्यता छ भने जसले लेखा र अडिटिंङ मात्र गर्ने क्षमता राख्छ साथै एनालिटिक्स, डिजिटल मोडलिङ, फिन्टेक, रचनात्मक व्यवसाय मोडलिङ र नेतृत्वले विद्यार्थीहरूलाई परिवर्तनको संसारमा साँच्चै राम्रो करियरको लागि तयार गर्दछ ।’उनले बताइन,

उनले भनिन,‘ एसीसीए व्यवसायिक र प्राविधिक रुपले विद्यार्थीहरूलाई नयाँ र उदाइरहेका उद्योगहरू, जस्तै कृषि, प्रशासन, व्यापार साझेदारी र डिजिटल पूर्वाधारको वरिपरि अनुकूलन गर्न अनुमति दिनेछ । ब्रिटिश प्रोफेशनल कलेज पहिले नै यो सफलताको बाटोमा रहेको छ । यसको निरन्तर र सफलताको लागि शुभकामना दिन्छु ।’
विश्वभर यो कोर्सको डिमाण्ड रहेको छ । ५ लाख २७ हजार भन्दा बढी विद्यार्थीहरु, २ लाख १९ हजारभन्दा बढी सक्षम सदस्यहरु १७९ देशमा छहरिएर रहेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : २७ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि