२२ भदौ २०८३, सोमबार | September 7, 2026

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा



काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ ।

बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो । केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन । नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ । उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उनले भने, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन । भाइरस पटक पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो ।

कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ६ : ३९ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११