१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कनकाईमा पानी सुक्यो, शव जलाउनै समस्या



दमक । झापाको कनकाई नदिमा पानी सुकेपछि शव जलाउन समस्या पर्ने भएको छ । शवदाह स्थल नजिकै पानीको थोपो नहुँदा समस्या भएको हो ।

दैनिक ४/५ जनाको शव जलाउने कनकाई नदिमा पानी नहुँदा सरसफाईमा समस्या भएको स्थानियबासी बताउछन् । शव जलाउने माथिल्लो भागमा मोटरको सहयोग लिएपनि बगेर जाने ठाउँमा पानी नभएको बताईएको छ । आधिकांश शव जलाइसके पछि नदिमा बगाउने गरिएको छ ।

घाट तर्फ माथिल्लो भागबाट पानी ल्याउन सानो कुलो नै बनाइने गरिएको थियो । पछिल्लो केहि दिन देखि पानी सुकेपछि शव व्यवस्थापनमा समस्या भइरहेको कनकाई घाट संस्थाका प्रमुख ख्याम सिवाकोटीले जानकारी दिए ।

त्यसको व्यवस्थापन हेर्दै आएका उनले कनकाई नहरले सिँचाईको लागी पानी लैजाँदा समस्या हुने गरेको बताए । पानी नहुँदा शव लिएर आउने परिवारलाई हदै सम्म समस्य हुने गरेको उनको भनाई छ । शव लिएर सुरुवातमा कनकाई नदिमा आएपछि मृतकका परिवारले केहि बेर किनार क्षेत्रमा राख्ने गरेका छन् ।

शवमा आगो दिएपछि हात धुन समेत नदिको पानी आवस्यक पर्छ, सिवाकोटीले भने ‘खोलाको सधै भर हुँदैन ।’ हिउँदमा असाध्यै दुख हुने गरेको सुनाए । उनले पानीको सहज व्यवस्थापनका लागी बोरिङ जरुरी भएको बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : २४ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित