२२ भदौ २०८३, सोमबार | September 7, 2026

कनकाईमा पानी सुक्यो, शव जलाउनै समस्या



दमक । झापाको कनकाई नदिमा पानी सुकेपछि शव जलाउन समस्या पर्ने भएको छ । शवदाह स्थल नजिकै पानीको थोपो नहुँदा समस्या भएको हो ।

दैनिक ४/५ जनाको शव जलाउने कनकाई नदिमा पानी नहुँदा सरसफाईमा समस्या भएको स्थानियबासी बताउछन् । शव जलाउने माथिल्लो भागमा मोटरको सहयोग लिएपनि बगेर जाने ठाउँमा पानी नभएको बताईएको छ । आधिकांश शव जलाइसके पछि नदिमा बगाउने गरिएको छ ।

घाट तर्फ माथिल्लो भागबाट पानी ल्याउन सानो कुलो नै बनाइने गरिएको थियो । पछिल्लो केहि दिन देखि पानी सुकेपछि शव व्यवस्थापनमा समस्या भइरहेको कनकाई घाट संस्थाका प्रमुख ख्याम सिवाकोटीले जानकारी दिए ।

त्यसको व्यवस्थापन हेर्दै आएका उनले कनकाई नहरले सिँचाईको लागी पानी लैजाँदा समस्या हुने गरेको बताए । पानी नहुँदा शव लिएर आउने परिवारलाई हदै सम्म समस्य हुने गरेको उनको भनाई छ । शव लिएर सुरुवातमा कनकाई नदिमा आएपछि मृतकका परिवारले केहि बेर किनार क्षेत्रमा राख्ने गरेका छन् ।

शवमा आगो दिएपछि हात धुन समेत नदिको पानी आवस्यक पर्छ, सिवाकोटीले भने ‘खोलाको सधै भर हुँदैन ।’ हिउँदमा असाध्यै दुख हुने गरेको सुनाए । उनले पानीको सहज व्यवस्थापनका लागी बोरिङ जरुरी भएको बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : २४ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११