१२ बैशाख २०८१, बुधबार | April 24, 2024

महिलालाई उद्यमी बनाउन उद्यमशीलता प्रवद्रधन संस्था स्थापना



बुटवल । लुम्बिनी प्रदेशभित्र रहेका स्थानीय तहका महिला जनप्रतिनिधिले महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले उद्यमशीलता प्रवद्र्धन नेपाल संस्था स्थापना गरेका छन् ।

महिला जनप्रतिनिधिहरुले महिललाई प्रशिक्षित गर्दै आ-आफ्ना पालिकाहरुमा रहेका महिलाहरुको आर्थिक उन्नति, प्रगति र उद्यममार्फत सामाजिक प्रतिष्ठा कायम गर्ने उद्देश्यले महिला उद्यमशीलता प्रवद्र्धन नामक सामाजिक उत्तरदायित्व वहन गर्ने संस्था गठन गरेको अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

हालै एक समारोहका बीच नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशका संयोजक तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले उक्त उद्यमशीलता प्रबद्र्धन नेपाल संस्थाको विविधत शुभारम्भ गराएका थिए ।

त्यसक्रममा उनले सबै महिलालाई उत्पादनका क्षेत्र र त्यसैलाई उद्यमशीलतामा विकास गर्नेगरि अभियान सञ्चालन गर्न आग्रह गरे । उनले महिला उद्यमशिलताका लागि सहकार्य गर्न, सहयोग गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खालका निकायहरु तत्पर रहेको पनि जानकारी दिए ।
सम्वत् २०७५ सालमा यसको खाका तयार पारिएकोमा हालै मात्र संस्थाका रुपमा विधित सार्वजनिक गरिएको संयोजक आचार्यले बताइन् ।

दुईवर्षसम्म लुज फोरमको रुपमा रुपन्देही जिल्लाका विभिन्न पालिकाहरुमा घुम्ति बैठक गर्दै आ-आफ्ना पालिकाहरुले महिला उद्यमशीलताको विकास र प्रवद्र्धनका क्षेत्रमा भए/गरेका प्रगतिका अनुभव आदान प्रदान गरिएको अध्यक्ष आचार्यले बताइन् ।

महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले बनाएको संस्था लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा विधिवत दर्ता भइसकेको छ भने आन्तरिक राजस्व कार्यालय, बुटवलबाट स्थायी लेखा नम्बर लिई राष्ट्रिय वाणिज्य बैंक, पुष्पलाल पार्कमा रहेको शाखामा संस्थाको खाता सञ्चालन गरिएको संस्थाका महासचिव अमृता गुरुङले बताइन् ।

यो उद्यमशीलताको क्षेत्रमा कार्य गर्ने एक गैर नाफामुखी विशेष सामाजिक संस्था हो । यो संस्थाको सदस्य हुनका निम्ति लुम्बिनी प्रदेशको कुनैपनि स्थानीय तहमा महिला जनप्रतिनिधि हुनु आवश्यक पर्दछ । हाल संस्थामा १७ सदस्यीय कार्यसमिति रहेको छ ।

हालका लागि उक्त संस्थाको कार्यक्षेत्र लुम्बिनी प्रदेशका एक सय नौ वटा स्थानीय तह रहेका छन् । संस्थापक, साधारण र मानार्थ सदस्य गरी तीन प्रकारका सदस्यताको व्यवस्था गरिएको कोषाध्यक्ष तथा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिइन् ।

यस्ता छन् संस्थाका उद्देश्यहरु : 

स्थानीय महिला जनप्रतिनिधिहरुलाई उद्यमशीलताका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको चाहना पूरा गराउने सकिने खालका कार्यक्रम तय गर्न सहयोग गर्ने र वन, वातावारण एवम् जैविक विविधता र संस्कृतिमा उद्यमशीलतालाई जोडिने छ ।

साथै उद्यमशीलताको माध्यमबाट आर्थिक,सामाजिक एवम् सांस्कृतिक परिवर्तनका लागि महिलाहरुको नेतृत्व,क्षमता एवम् दक्षता अभिवृद्धिका कार्यक्रमहरु तय गरी उद्यमशीलतालाई जोड दिइने छ ।

स्थानीयस्तरमा महिलाहरुलाई उद्यमशीलताको तालिम, गोष्ठी, सेमीनार गराई उनीहरुलाई उद्यमशील हुन अभिप्रेरित गरिने छ । महिला उद्यमशीलता प्रवद्र्धन सम्बन्धी पुस्तक, जर्नल, पत्रिकाहरु प्रकाशनमा जोड दिइने छ र स्थानीय सरकारहरुलाई बलियो बनाउनका निम्ति नगर वा गाउँ उद्यमशीलता विकास योजना तर्जुमा गर्न सघाउ पुराइने छ ।

उद्यमशीलता विकासका निम्ति सम्बन्धित सरोकारवालाहरुसँग हातेमालो गर्ने र सो सम्बन्धी आवश्यक, खोज, अनुसन्धान गरी उद्यम संरक्षणमुखी तथा सचेतनामुखी कार्यक्रमहरु सञ्चालन गरिने छ । यसले लक्षित वर्गलाई समृद्धिको अभियानमा संलग्न गराउनका निम्ति उद्यमशीलताको माध्यमबाट आर्थिक अवसर वृद्धि हुने अपेक्षा गरिएको छ ।

यस्तै स्वरोजगारका कार्यक्रमहरु सञ्चालन र व्यवस्थापनमा जोड दिइने छ । उद्यम गरिरहेका महिलाहलाई आवश्यक व्यवसायिक योजना निर्माणमा सहयोग र सहकार्य गरिने छ । समृद्ध समाज निर्माणमा सरोकार राख्ने सरकारी तथा गैह्रसरकारी संस्थाहरुसंग निरन्तर सहकार्य, सहयात्रा र समन्वय गर्दै उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिइने छ ।

रुपन्देहीका स्थानीय तहका उद्यमशीलतासम्बन्धी योजना, बजेट र कार्यान्वयन सम्बन्धी गतिविधिका बारेमा अनुभव लेनदेन गरिएको थियो । उद्यमशीलता विकास योजना, व्यवसाय विकास योजना, नयाँ उद्यमी निर्माण र भईरहेका उद्यमीहरुलाई नयाँ खालका प्रविधि, शिक्षा तथा ज्ञान आवश्यक छ भन्ने कुराको खाँचो महसुस गरिएको संस्थाका सदस्य तथा शुद्धोधन गाउँपालिकाकी उपप्रमुख शान्ता ज्ञवालीले बताइन् ।

कोभिडका कारण लघु-उद्यमी, महिला उद्यमीहरुका सन्र्भमा स्थानीय सरकारले दिएका छुट र सेवाका बारेमा समेत अध्यय्न गरेर योजना बनाउने काम भइरहेको संस्थाका सचिव प्रियंका शाहीको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : ४१ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल