२० मंसिर २०८२, शनिबार | December 6, 2025

ब्रिटिस कलेजका नयाँ विद्यार्थीहरुलाई निःशुल्क ल्यापटप र डाटा प्याकेजको सुविधा



काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको थापाथली स्थित द ब्रिटिश कलेज (टीबीसी) ले अहिलेको नयाँ शैक्षिक शत्रमा भर्ना हुने विद्यार्थीहरूको लागि नयाँ ल्यापटप र इन्टरनेट डाटा प्याकेज उपलब्ध गराउन सुरु गरेको छ । विद्यार्थीहरुलाई अनलाईन शिक्षाको सहज पुहँचका लागि कलेजले नयाँ ल्यापटप तथा डाटा प्याकेज उपलब्ध गराउन सुरुवात गरेको हो ।

कोरोना माहामारी शुरू भएदेखि नै विद्यार्थीहरूको स्वास्थ्यलाई गम्भीरता अपनाएको दाबी गरेको कलेजले सुरक्षित वातावरण नबने सम्म अध्यापन प्रणाली अनलाइन प्लेटफर्ममा सुचारु गरिरहेको छ ।सबै संकायको पढाई पूर्ण रूपमा नयाँ शैली र दक्ष जनशक्तिबाट दिने प्रयासमा कलेज सक्षम देखीएको कलेजले जनाएको छ ।

‘सही र उपयुक्त उपकरण र इन्टरनेटको पहुँच बिना यो महामारीका बीच सरल र सहज रुपमा अध्ययनगर्न कठिन अवस्था हो ।’ कलेजले प्रकाशन गरेको प्रेस नोटमा भनिएको छ, ‘विद्यार्थीको अध्यनमा कुनै असहजता नहोस भन्नाका लागि कलेजले भर्खरै भर्ना गरिएको स्नातक तहका विद्यार्थीहरूलाई नयाँ ल्यापटप प्रदानगर्न सुरु गरेको हो ।’

यो प्रक्रिया अन्तर्गत सुबिधा लिन भने विद्यार्थाीले वार्षिक भुक्तानी योजना छनौट गर्नुपर्ने कलेजले जनाएको छ । कलेजका अनुसार यसबाहेक, यस प्रोमोशनका लागि योग्यहुने विद्यार्थीहरूले ६ महिनाको मोबाइल डाटा प्याकेज पनिप्राप्तगर्नेछन् ।
महामारीको विषम परिस्थितिमा विद्यार्थीहरूको प्रगतिमा कुनै बाधा नआउने कलेजले विश्वास लिएको छ । हालैबाट सूरु भएको नयाँवर्ष उज्ज्वल छ भन्ने कुराको सुनिश्चित गर्न ल्यापटप र डाटा प्याकेज पनि एउटा सकारात्मक कदम भएको कलेजले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ५५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले