१५ असार २०८३, सोमबार | June 29, 2026

कांग्रेसको दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा : आन्दोलन ओलीलक्षित हुने



काठमाडौं । संसद विघटनको बिरुद्ध आन्दालन गर्ने वा नगर्ने विषयमा अनिर्णयको बन्दी बनेको नेपाली कांग्रेसले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गरेको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भन्दै आन्दोलनको घोषणा गर्न हिच्कीचाएका कांग्रेस सभापति शेर बहादर देउवाले पनि आजको बैठकमा आन्दोलन शसक्त बनाउने पक्षमा बोलेका थिए । सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण सिटौला र जीवनबहादुर शाही सबैले आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए।

यस अघि अदालतमा विचराधिन मुद्दा भन्दै फरक फरक धारणा सार्वजानिक गरेको कांग्रेसले अब भने संसद पुनर्स्थापना भएपनि नभएपनि आन्दोलनमा जानुपर्छ भन्नेमा सबै नेताहरुको एक मत हुन गएको पार्टीले जनाएको छ । बैठकमा सभापति देउवाले आन्दोलनको विषयमा दुईवटा प्रस्ताव गरेका थिए।

देउवाको प्रस्तावमा प्रधानमन्त्री ओलीको संसद विघटनका बिरुद्ध आन्दोलन पनि गर्ने र चुनावी तयारी पनि गर्देजाने उल्लेख छ । ‘संसद विघटन गर्ने ओली कदम असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी प्रवृत्तिको छ यसविरुद्ध आन्दोलन गर्नुपर्छ,’ बैठकमा देउवाले भनेका थिए, ‘यदि संसद पुनर्स्थापना नभएमा चुनावको तयारी पनि गर्नुपर्छ। ओलीले चुनाव नगरे उनलाई हटाउन पनि दबाब दिनुपर्छ। अबको आन्दोलन ओलीलक्षित हुन्छ।’

बैठकमा वरिष्ठ नेता पौडेल र कृष्ण सिटौलाले पार्टी आन्दोलनमै केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।

नेपाली कांग्रेसले सर्वोच्च अदालतले संविधानको अक्षर, भावना, मर्म अनुसार फैसला गर्दै ओलीका असंवैधानिक कदम सच्याउने यस अघि नै विश्वास लिएको धारणा सार्वजानिक गरेको थियो ।

कांग्रेसले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

आन्दोलनका कार्यक्रमः
पुस २५ गते देशभरका ३३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन

माघ ३ गते ७५३ स्थानीय तहमा प्रदर्शन

माघ ८ गते ६ हजार सात सय ४३ वडामा प्रदर्शन

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १० : ०९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै