७ कार्तिक २०८३, शनिबार | October 25, 2026

सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना



सल्यान । जिल्लामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपत्कालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण गरिएको हो ।

डिभिजन वन कार्यालय सल्यानको परिसरमा उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढङ्‍गले गर्ने र निको भएपछि पुनः वासस्थानमा छोड्ने गरी व्यवस्था गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

डिभिजनल वन अधिकृत रमेशकुमार गिरीले वन्यजन्तुको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वन्यजन्तु उद्धार केन्द्रको स्थापना गरिएको जानकारी दिए । उनले जिल्लामा नै पहिलोपटक वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको जानकारी दिए ।

“जिल्लामा विभिन्न कारणले वन्यजन्तु घाइते हुने गरेको र उनीहरुको उपचारका लागि उचित व्यवस्था नहुँदा समस्या हुँदै आएको थियो, उद्धार केन्द्र नहुँदा घाइते जीवजन्तुलाई प्राथमिक उपचार गरी जङ्‍गलमा नै छोड्दा समस्या भएको थियो अब त्यो समस्या हटेको छ,” गिरीले भने, “नागरिकको नियन्त्रणमा रहेका तथा वन्यजन्तुका साथै कुकुरको आक्रमणमा परेर घाइते भएका र सवारीसाधनले ठक्कर दिएर घाइते भएका वन्यजन्तुको उद्धार गरेर राखिनेछ, उपचारपश्चात् फेरि सोही स्थानमा छोडिने छ । घाइते अवस्थामा रहेका वन्यजन्तुलाई त्यसै छोड्दा मर्न सक्ने र लोप भएर जाने सम्भावना भएकाले वन्यजन्तुको संरक्षणका लागी यो कोसेढुङ्‍गा सावित हुने उनको भनाइ छ ।

डिभिजन वन कार्यालयका अनुसार गत वर्ष मात्रै झण्डै दुई दर्जन वन्यजन्तुको उद्धार गरिएको थियो। कार्यालयका सूचना अधिकारी मनोज शर्मा लम्सालले गत आर्थिक वर्षमा १४ वटा रतुवा, पाँच वटा घोरल, एउटा हाइना गरी २० वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिए। यस्तै चालु आवको साउन महिनायता एउटा घोरल र एउटा वन बिरालो गरी दुई वन्यजन्तुको उद्धार गरिएको उनको भनाइ छ ।

“जिल्लामा अहिलेसम्म वन्यजन्तु उद्धार केन्द्र थिएन, हामीले पहिलो पटक केन्द्र स्थापना गरेका छौँ,” उनले भने, “पहिले राख्ने ठाउँ नहुँदा समस्या हुन्थ्यो, घाइते वन्यजन्तु ल्याएर एउटा कोठामा राख्नुपर्थ्याे, अहिले उद्धार केन्द्र स्थापना गरेका छौँ, अबका दिनमा सहजता हुने छ ।” मान्छेलाई देख्दा वन्यजन्तु तर्सिने भएकाले रुख बिरुवाको बीचमा उद्धार केन्द्र राखिएको उनको भनाइ छ ।

घाइते वन्यजन्तुको जङ्‍गलबाट उद्धार गरेर पशु सेवा कार्यालयको सहयोगमा औषधि उपचार गर्ने र निको भएपछि उसको प्राकृतिक बासस्थानमा लगेर छोडिदिने गरेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ३५ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र