१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बादलसँग तस्वीर खिच्न हाँडीकोट



बलेवा । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ ।

वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । प्रचारप्रसारको अभावकै कारण प्रकृतिको अनुपम उपहार भएर पनि हाँडीकोटले गाईबाख्रा हेर्ने गोठाला मात्रै भेटेर वर्षौं बितायो । बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ ।

जैमिनी नगरपालिकाका तीन वडाको सङ्गममा रहेको टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । आजकल हाँडीकोट पुग्नेको भीडनै लाग्न थालेको जैमिनी-१० राङ्खानीका स्थानीयवासी मित्र थापाले बताए । जैमिनीको राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट टापु साँच्चिकै सुन्दर छ । त्यहाँ पुगेर ‘आहा ! हाँडीकोट टापु’ नभनी सुखै छैन ।

समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित हाँडीकोटमा पुगेर पहाड खोँचमा मडारिएको बालदसँग तस्वीर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्छन् । ‘एक पटक हाँडीकोटको सुन्दरतासँग तस्वीर खिचाउन त्यहाँ पुगेँ’, पर्वतको फलेवासबाट हाँडीकोट पुगेका हिटलर थापा भन्छन्, ‘छेउछाउमा धेरै घुमियो, मुख्य ठाउँमा बल्ल पुगियो ।’

हिउँदे वर्षा भएको भए यतिबेला हाँडीकोट टापु हिउँले पुरिएको हुन्थ्यो । यो वर्ष हिउँदे वर्षा नभएकाले आन्तरिक पर्यटकको रोजाइमा हाँडीकोट परेको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल बताउँछन् । वनभोज खान, भेला, गोष्ठी र सेमिनारका लागि हाँडीकोट पुग्नेसमेत बढेका छन् । हाँडीकोट टापुको चर्चा सुनेका बिदा मनाउनसमेत त्यहाँ पुग्ने गरेका छन् ।

कोरोना महामारीले विस्तारै तङ्ग्रिँदै गरेका विद्यालय अवलोकन भ्रमण र वनभोजका लागि विद्यार्थी लिएर हाँडीकोट पुग्ने गरेको स्थानीयवासी बताउँछन् । पर्यटकको आवागमन बढ्दै जान थालेपछि राङ्खानीका तिलक क्षेत्री यतिबेला कतारको काम छोडेर हाँडीकोट पुग्नेलाई खाजाको प्रबन्ध गर्न थालेका छन् ।

कमाइ र सेवा दुवै हुने भएपछि टापु नजिकै होटल सञ्चालनमा ल्याएका उनले सेवा दिन थालेका छन् । क्षेत्रीले आफ्नै ठाउँ विहारथलामा परम्परागतरूपमा सञ्चालन हुँदै आएको होटललाई स्तरवृद्धि गरी ‘हाँडीकोट टापु रेष्टुराँ एण्ड लज’को रूपमा विकास गरेका छन् ।

हाँडीकोट पुग्ने पर्यटकले स्थानीय कोदोको ढिँडो, स्थानीय कुखुरा र खसीको मासु खोज्ने गरेका छन् । जैमिनी नगरपालिकाले बनाएको पदमार्ग र कच्ची सडकले पनि हाँडीकोटमा पर्यटक पुर्याउन सघाएको छ । रासस

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : ०० बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य