१५ असार २०८३, सोमबार | June 29, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबार प्रचण्डको अध्यक्षतामा सुरु भएको बैठकलाई निरन्तरता दिंदै आज बसेको बैठकको अध्यक्षता भने अर्का अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।
अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि मुम्बई प्रस्थान गरेपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो । प्रचण्ड-नेपाल पक्षको पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले बैठकको अध्यक्षता प्रचण्ड र माधव नेपाल आलोपालो गर्ने गरि निर्णय गरेको थियो ।

आजको बैठकले संसद विघटनका बिरुद्ध तय गरिएको संघर्षको कार्यक्रमबारे छलफल गर्ने तथा पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे छलफल हुने कार्यसूची बनाएको बताईएको छ । पार्टी एकिकरणको बाँकी कामलाई सम्पन्न गर्न र जनवर्गिय संगठनको जिम्मेवारीको मापदण्ड तय गर्न यस अघि नै अध्यक्ष माधव नेपालको संयोजकत्वमा कार्यदल बनिसकेको छ ।

कार्यदलले पाँच दिनभित्र मापदण्ड सिफारिस गर्नेछ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  २ : २० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै