२० बैशाख २०८३, आइतबार | May 4, 2026

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको चौधौं बार्षिक साधारण सभा



बुटवल । लुम्बिनी फलफुल तरकारी थोक व्यावसायी संघ रुपन्देहीको १४ औं बार्षिक साधारण सभा बुटवलमा सुरु भएको छ ।

कोभिड-१९ कारण विगतका बर्षहरुमा भन्दा यो पटक स्वाथ्य मापदण्ड अपनाएर साधारण सभाको पहिलो सत्र कार्यक्रम शुभकामना आदान प्रदान गरि मनाइएको हो ।

एक साता भर विभिन्न रचनात्मक कार्यक्रम गरेको संघले पुस २७ गते शंकरनगर वन वाटिकामा साधारण सभाको बन्द सत्र तथा समापन कार्यक्रम गर्ने जनाएको छ ।

संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष धनश्याम भुषाल(गोपाल) को प्रमुख आतिथ्यता रहेको थियो ।

बुटवल कृषि उपज तथा थोक बजार सञ्चालक समितिका अध्यक्ष तथा संघका सल्लाकार समेत रहेका भुषालले कृषि क्षेत्रमा व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको भन्दै बेला बेला आउने समस्याहरुको समाधानको लागि सरकारले समयमा नै हातेमालो गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा विशिष्ठ आतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष तथा संघका सल्लाहकार जगदिशचन्द्र आचार्यले व्यवसायीहरुको हक हितको लागि नरपालिका जहिले पनि सकारात्मक रहेको भन्दै व्यवसायीहरुको हितको को लागि हातेमालो गर्न आफु तयार रहेको बताएका थिए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष केशव कुँवर, पुर्व अध्यक्ष वजिर शाह, सल्लाहकार यादव गैरे, कृष्ण प्रसाद पोखरेल, भिमकान्त पन्थी, सुरेन्द्र कान्दु, बुटवल कृषि उपज थोक बजार केन्द्रका व्यवस्थापक राम बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष अमृत भट्राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिव मेघनाथ पौडेलको सञ्चालनमा भएको थियो ।

प्रतिनिधि मुलक किसान, व्यवसायी, सरोकारवाला व्याक्तिहरुको सहभागीता रहेको कार्यक्रममा संघका अध्यक्ष बाबुराम भुषालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउने योजना सहित आगामी दिनमा अझ व्यवस्थीत रुपमा अगाडी बढाउने योजना रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा कोषाध्यक्ष मनिष वर्णवालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव मेघनाथ पौडेलले लेखा परिक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले प्रस्तुत गरेको प्रतिवेदन उपर पुस २७ गते आयोजना हुने बन्द सत्रमा छलफल गरिने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ३ : ४४ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता