२२ मंसिर २०८२, सोमबार | December 8, 2025

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको चौधौं बार्षिक साधारण सभा



बुटवल । लुम्बिनी फलफुल तरकारी थोक व्यावसायी संघ रुपन्देहीको १४ औं बार्षिक साधारण सभा बुटवलमा सुरु भएको छ ।

कोभिड-१९ कारण विगतका बर्षहरुमा भन्दा यो पटक स्वाथ्य मापदण्ड अपनाएर साधारण सभाको पहिलो सत्र कार्यक्रम शुभकामना आदान प्रदान गरि मनाइएको हो ।

एक साता भर विभिन्न रचनात्मक कार्यक्रम गरेको संघले पुस २७ गते शंकरनगर वन वाटिकामा साधारण सभाको बन्द सत्र तथा समापन कार्यक्रम गर्ने जनाएको छ ।

संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष धनश्याम भुषाल(गोपाल) को प्रमुख आतिथ्यता रहेको थियो ।

बुटवल कृषि उपज तथा थोक बजार सञ्चालक समितिका अध्यक्ष तथा संघका सल्लाकार समेत रहेका भुषालले कृषि क्षेत्रमा व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको भन्दै बेला बेला आउने समस्याहरुको समाधानको लागि सरकारले समयमा नै हातेमालो गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा विशिष्ठ आतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष तथा संघका सल्लाहकार जगदिशचन्द्र आचार्यले व्यवसायीहरुको हक हितको लागि नरपालिका जहिले पनि सकारात्मक रहेको भन्दै व्यवसायीहरुको हितको को लागि हातेमालो गर्न आफु तयार रहेको बताएका थिए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष केशव कुँवर, पुर्व अध्यक्ष वजिर शाह, सल्लाहकार यादव गैरे, कृष्ण प्रसाद पोखरेल, भिमकान्त पन्थी, सुरेन्द्र कान्दु, बुटवल कृषि उपज थोक बजार केन्द्रका व्यवस्थापक राम बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष अमृत भट्राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिव मेघनाथ पौडेलको सञ्चालनमा भएको थियो ।

प्रतिनिधि मुलक किसान, व्यवसायी, सरोकारवाला व्याक्तिहरुको सहभागीता रहेको कार्यक्रममा संघका अध्यक्ष बाबुराम भुषालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउने योजना सहित आगामी दिनमा अझ व्यवस्थीत रुपमा अगाडी बढाउने योजना रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा कोषाध्यक्ष मनिष वर्णवालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव मेघनाथ पौडेलले लेखा परिक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले प्रस्तुत गरेको प्रतिवेदन उपर पुस २७ गते आयोजना हुने बन्द सत्रमा छलफल गरिने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ३ : ४४ बजे

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई