२० बैशाख २०८३, आइतबार | May 4, 2026

खोरेत रोग नियन्त्रण अभियानको अभिमुखिकरण गोष्ठी सम्पन्न



बुटवल । लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा पशुमा लाग्ने खोरेत रोग नियन्त्रण अभियानको विषयमा अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

प्रदेशका विभिन्न जिल्लाबाट स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेश मातहतका सम्बन्धीत निकायका कार्यालय प्रमुख तथा प्रतिनिधि,किसान तथा अन्य सरोकारवाला निकायहरुको सहभागीतामा गोष्ठी भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पशु चौपायमा देखिने खोरेत रोग नियन्त्रण, उन्मुलन र रोकथामको लागि प्रदेश सरकारले निरन्तर लागि परेको बताईन । उनले यसको प्रदेश सरकारले एकल प्रयासमा संभव नभएको भन्दै संघीय सरकारको समेत साथमा खोप लगाउने अभियानको थालिन गरिएको धारणा राखिन् ।

रोग भित्र्न सक्ने संभावित क्षेत्रमा कडाँ चेकजाँच गरी नियन्त्रण गर्न सकिने भन्दै उनले पुर्व तयारी स्वरुप प्रदेशको तराईका ६ जिल्लामा खोप अभियान थालन गरिने जानकारी दिईन ।

कार्यशाला गोष्ठीमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख तुलसीराम भण्डारी, निर्देशनालयका बरिष्ठ पशु चिकित्सक हरि बहादुर कुँवर, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला पोखरेका प्रमुख डा. केदार राज पाण्डे, प्रयोगशाला सुर्खेतका प्रमुख डा. कृष्णराज पाण्डे लगायतले विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले किसानको समस्या नै सरकारको समस्या भएको भन्दै संभावित रोग रोकथामको लागि पुर्व तयारी गर्ने काम तिब्र रुपमा अगाडी बढिरहेको जानकारी गराएका थिए ।

निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीका अनुसार पहिलो चरणमा तराईका ६ जिल्लामा २ लाख ८ हजार थान खोरत रोगको भ्याक्सीन लगाउने तयारी गरिएको छ ।

प्रदेशको संभावित क्षेत्र तराईका जिल्लाहरु भएकोले पहिलो चरणमा तराईमा रहेका पशु चौपायहरुमा खोप लगाउने कार्यक्रम तय गरिएको र सोही अनुसार खोप आउने तयारी समेत भैरहेको निर्देशक भण्डारीको भनाई छ । प्रदेशमा कुल १५ लाख पशु चौपाय रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : ०२ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता