३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

मन्त्रिपरिषद विस्तार मुद्दामा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाउ आदेश



काठमाडौं । निर्वाचनको घोषणा गरे पश्चात प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद विस्तारका बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारको नाममा कारण आदेश आदेश जारी गरेको छ । अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तार तथा थप गरेको बिरुद्ध अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ गर्दै सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।

संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री स्वतः कामचलाउ हैसियतमा पुगेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता ओलीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।

आज रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउँदै मन्त्रिपरिषद विस्तार गर्नुको लिखित जवाफ माग गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शमा ओलीले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव पक्षका ७ जना नेताहरुले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

रिट निवेदक कानुन व्यवसायीले मन्त्रिपरिषद विस्तारको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेशका लागि २८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : ५६ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार