१५ असार २०८३, सोमबार | June 29, 2026

मन्त्रिपरिषद विस्तार मुद्दामा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाउ आदेश



काठमाडौं । निर्वाचनको घोषणा गरे पश्चात प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद विस्तारका बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारको नाममा कारण आदेश आदेश जारी गरेको छ । अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तार तथा थप गरेको बिरुद्ध अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ गर्दै सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।

संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री स्वतः कामचलाउ हैसियतमा पुगेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता ओलीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।

आज रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउँदै मन्त्रिपरिषद विस्तार गर्नुको लिखित जवाफ माग गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शमा ओलीले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव पक्षका ७ जना नेताहरुले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

रिट निवेदक कानुन व्यवसायीले मन्त्रिपरिषद विस्तारको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेशका लागि २८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : ५६ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै