१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कञ्चनपुरको गडीगोठको दशगजामा गोली चल्यो, एकजना नेपाली घाईते



कञ्चनपुर । कञ्चनपुर स्थित नेपाल–भारत सीमाको दशगजामा गोली चल्दा एक जना नेपाली घाईते भएका छन् ।

महाकाली नगरपालिका–१ स्थित नेपाल–भारत सीमा गडीगोठ क्षेत्रमा सोमबार बेलुकी गोली चल्दा एक जना नेपाली घाइते भएका हुन्।

दशगजा क्षेत्रमा चलेको गोलीको छर्रा लागेर स्थानीय किशोर नरेश सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताएका छन्।

सिमामा गोली लागेका सुनार अन्दाजी ९ः१५ तीर प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । रातीको समयमा गोली चलेका कारण गोली चल्नुको कारण र गोलि चलाउने समूह पहिल्याउन नसकिएको डीएसपी थापाले बताए ।

घाईते सुनारले भारतीय सिमा सुरक्षा बल एसएसबीले चलाएको हुन सक्ने बताएपनि जंगलमा गोली वन रक्षकले चलाएको पनि हुन सक्ने थापाले बताए । खुट्टामा छर्रा लागेका सुनारको महाकाली प्रादेशिक अस्पतालमा उपचार भईरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : ०९ बजे

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,