१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कञ्चनपुरको गडीगोठको दशगजामा गोली चल्यो, एकजना नेपाली घाईते



कञ्चनपुर । कञ्चनपुर स्थित नेपाल–भारत सीमाको दशगजामा गोली चल्दा एक जना नेपाली घाईते भएका छन् ।

महाकाली नगरपालिका–१ स्थित नेपाल–भारत सीमा गडीगोठ क्षेत्रमा सोमबार बेलुकी गोली चल्दा एक जना नेपाली घाइते भएका हुन्।

दशगजा क्षेत्रमा चलेको गोलीको छर्रा लागेर स्थानीय किशोर नरेश सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताएका छन्।

सिमामा गोली लागेका सुनार अन्दाजी ९ः१५ तीर प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । रातीको समयमा गोली चलेका कारण गोली चल्नुको कारण र गोलि चलाउने समूह पहिल्याउन नसकिएको डीएसपी थापाले बताए ।

घाईते सुनारले भारतीय सिमा सुरक्षा बल एसएसबीले चलाएको हुन सक्ने बताएपनि जंगलमा गोली वन रक्षकले चलाएको पनि हुन सक्ने थापाले बताए । खुट्टामा छर्रा लागेका सुनारको महाकाली प्रादेशिक अस्पतालमा उपचार भईरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : ०९ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज