१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

संसद विघटनको मुद्दामा अदालतलाई सघाउन एमिकस क्युरी गठन



काठमाडौं । नेपाल बार र सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा संवैधानिक इजलासलाई सघाउने गरी एमिकस क्युरी गठन गरेर पठाएको छ ।

नेपाल बार र सर्वोच्च बारले संसद विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई सघाउनका लागि मागिएको एमिकस क्युरीको सदस्यहरु छनौट गरि पठाएको हो ।

प्रस्तुत रिटको बाँकी सुनुवाइका लागि अदालतले एमिकस क्युरी माग्ने निर्णय गरेको थियो ।

अदालतमा जारी बहसमा फैसला गर्नका लागि सघाउने गरी अदालतले माग्ने विशिष्ट कानुनका ज्ञाताहरुलाई एमिकस क्युरी अर्थात अदालतका साथीको रुपमा सहयोग लिने कानुनी अभ्यास रहँदै आएको छ ।

सर्वोच्चले संवैधानिक इजलासमा मुद्दाको पहिलो सुनुवाइ गर्दै एमिकस क्युरी माग्ने आदेश दिएको थियो । इजलासको माग बमोजिम नेपाल बार एसोसिएसनबाट ३ जना र सार्वेच्च बार एसोसिएसनबाट २ जना गरी ५ जनाको एमिकस क्युरी गठन गरिएको हो ।

नेपाल बारका अनुसार नेपाल बारबाट वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र गीता पाठकको नाम एमिकस क्युरीमा सिफारिस भएको छ । सिफारिसमा परेका ५ जनाले उक्त मुद्दामा अदालतलाई सघाउनेछन् ।

सर्वोच्चले संसद विघटनसम्बन्धी मुद्दामा भोलिदेखि निरन्तर सुनुवाइ हुनेगरी यसअघिनै निर्णय गरिसकेको छ ।

यसबीचमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखबाट अदालतले सोधेको कारण देखाउ आदेशको जवाफ दिइसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ३ : ०४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम