२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

भारतीय विदेशमन्त्री जयशंकर श्रीलङ्का मिशनमा



नयाँ दिल्ली । भारतका विदेश मामिला मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा निस्किएका छन् ।

तीन दिने भ्रमणका लागि मंगलबार विदेशमन्त्री जयशंकर कोलम्बो प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्ने भएका छन् ।

मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री जयशंकरले यही जनवरी ५—७ सातसम्म श्रीलङ्काका भ्रमण गर्नु हुनेभएको छ । भ्रमणका क्रममा उहाँले उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नुहुने छ ।”

सन् २०२१ लागेपछिको जयशंकरको पहिलो विदेश भ्रमण हो ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ०१ बजे

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

काठमाडौं । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले