२२ मंसिर २०८२, सोमबार | December 8, 2025

आजको मौसम : काठमाडौंको प्रदुषण अस्वस्थ तहमा, कतै सामान्य बदली, कतै आंशिक बदली



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । जस अनुसार हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज काठमाडौंका न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी काठमाडौंको बायुको प्रदुषण अझै पनि अस्वस्थ तहमा रहेको छ । एक्विकएन डट ओआरजीका अनुसार आज विहान ५ बजे काठमाडौंको बायुको प्रदुषणको मात्रा १९० मापन गरिएकाे छ ।

बायु प्रदुषण मापनका हिसाबले ० देखि ५० लाई राम्रो, ५१ दखि १०० लाई मध्यम, १०१ देखि १५० लाई केही निश्चित समुहका लागि अस्वस्थ, १५१ देखि २०० लाई हरेक मानिसलाई असर पार्न सक्ने अवस्थाको अस्वस्थ मानिन्छ ।

त्यसैगरी २०१ देखि ३०० को अवस्थालाई अत्यन्तै अस्वस्थ र ३०१ देखि माथीको अवस्थालाई खतरनाक अर्थात स्वास्थ्य संकटको अवस्था मानिन्छ । आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसममा सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै देशका बाँकी प्रदेशहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । साथै एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल ताथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : ०९ बजे

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई