१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

दक्षिण कोरियाले विमानको गतिभन्दा छिटो कुद्ने रेल बनायो



सोल । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ ।

‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो ।

गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।

नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ ।

दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ ।

युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुने गर्दछ ।

संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ ।

अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सउलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ९ : ४३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग