७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाई गर्न संवैधानिक इजलासको पुरानै टिमलाई निरन्तरता



काठमाडौं ।काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्न यसअघि गठित संवैधानिक इजलासले नै निरन्तरता पाएको छ ।

रिट निवेदकहरुले बृहत इजलासमा बहस हुनुपर्ने माग राखेर निवेदन दिएपनि पुरानै सर्वोच्च अदालतले इजसाललाई निरन्तरता पाएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएका हुन् । इजलासमा जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी छन् ।

प्रधानन्यायाधीस राणाले संवैधानिक इजलासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई सदस्यमा राखेको भन्दै आलोचना भैरहेको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्की प्रधानमन्त्री केपी शर्मा ओली, महान्यायाधीवक्ता अग्नि खरेल र सुवास नेम्वाङ निकट मानिन्छन् । संवैधानिक इजालसमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको छ। जसका कारण मुद्दामा स्वार्थ बाझिन सक्ने रिट निवेदकहरुको आशंका रहेको छ ।

संवैधानिक इजलासमा आजबाट आजबाट दुवै पक्षका वकिलहरुले बहसमा भाग लिनेछन् । अदालतको सहयोगका लागि नेपाल बार र सर्वोच्च बारको सहयोगमा एमिकस क्यूरी समेत गठन भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र तिब्र विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुष ५ गते प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसलाई स्वीकृत गर्दै २०७८ वैशाख १७ र २७ गते चुनावको मिति घोषणा गरेकी थिईन् ।

त्यसलगत्तै प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको निर्णयका विरुद्ध सर्वोच्च अदाललतमा १२ बढी रिट निवेदन परेको थियो । रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको एकल इजलासले संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय गरेका थिए ।

संवैधानिक इजलासले रिट निवेदकहरुले विपक्षी बनाएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई लिखित जवाफ माग गरेको थियो । सोही अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा लिखित जवाफ पेस गरिसकेका छन् ।

सर्वोच्चले निरन्तर सुनुवाई गर्ने निर्णय गरेपनि यसमा अन्तरिम आदेश दिने वा नदिने भन्ने टुंगो लगाउनै कम्तिमा एक महिना लाग्न सक्ने सर्वोच्च अदालतका अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म हरेक बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्ने गरेको छ । निरन्तर सुनुवाइ भएका कारण ती दुई दिनको प्रत्येक इजलासमा पहिलो स्थानमा यस रिटमाथि सुनुवाइ हुनेछ ।

 

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ११ : ०१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११