३ आश्विन २०८३, शनिबार | September 20, 2026

निर्यातजन्य वस्तुको अन्तराष्ट्रिय बजार पहुँच बढाउनुपर्नेमा उद्योगी व्यवसायीको जोड



काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका छन् ।

पाँचौं निर्यात दिवसको अवसरमा नेपाल निर्यात पारिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले निर्यातजन्य वस्तुहरुको आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी बढाउनुपर्ने बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कुनैपनि वस्तुको बाह्य बजार खोज्नु भन्दा पहिला आन्तरिक बजारमा प्रवद्र्धन गरिनुपर्ने बताए । त्यसका लागि सबै नेपालीले नेपाली वस्तुको प्रयोग गर्ने बानि बसाल्न विभिन्न एक्सपो लगायतका प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको श्रेष्ठको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनाको कारणबाट धरासायी बनेको निर्यात क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सबै उद्योगी व्यवसायीहरुले एकैसाथ काम गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको तर्फबाट निर्यात प्रवद्र्धनमा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि निर्यात परिषद्ले काम गर्दै आएको जनाए ।

नेपालबाट आर्थिक वर्ष २०७६÷०७७ मा कुल निकासी ७७ अर्ब ७० करोड ९१ लख ५ हजार रुपैयाँ बराबरको भएको थियो । यस्तै आर्थिक वर्ष २०७७÷०७८ को पाँच महिनासम्ममा नेपालको कुल निकासी ५० अर्ब ५५ करोड ६ लाख ८ हजार मूल्य बराबरको भएको छ ।

नेपालबाट निर्यात हुने मूख्य वस्तुहरुमा उनी, गलैचा, पस्मिना, चिया, जुटका उत्पादन, अदुवा, नेपाली कागज लगायत रहेका छन्

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : ५० बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब