७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

निर्यातजन्य वस्तुको अन्तराष्ट्रिय बजार पहुँच बढाउनुपर्नेमा उद्योगी व्यवसायीको जोड



काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका छन् ।

पाँचौं निर्यात दिवसको अवसरमा नेपाल निर्यात पारिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले निर्यातजन्य वस्तुहरुको आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी बढाउनुपर्ने बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कुनैपनि वस्तुको बाह्य बजार खोज्नु भन्दा पहिला आन्तरिक बजारमा प्रवद्र्धन गरिनुपर्ने बताए । त्यसका लागि सबै नेपालीले नेपाली वस्तुको प्रयोग गर्ने बानि बसाल्न विभिन्न एक्सपो लगायतका प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको श्रेष्ठको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनाको कारणबाट धरासायी बनेको निर्यात क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सबै उद्योगी व्यवसायीहरुले एकैसाथ काम गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको तर्फबाट निर्यात प्रवद्र्धनमा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि निर्यात परिषद्ले काम गर्दै आएको जनाए ।

नेपालबाट आर्थिक वर्ष २०७६÷०७७ मा कुल निकासी ७७ अर्ब ७० करोड ९१ लख ५ हजार रुपैयाँ बराबरको भएको थियो । यस्तै आर्थिक वर्ष २०७७÷०७८ को पाँच महिनासम्ममा नेपालको कुल निकासी ५० अर्ब ५५ करोड ६ लाख ८ हजार मूल्य बराबरको भएको छ ।

नेपालबाट निर्यात हुने मूख्य वस्तुहरुमा उनी, गलैचा, पस्मिना, चिया, जुटका उत्पादन, अदुवा, नेपाली कागज लगायत रहेका छन्

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : ५० बजे

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको