१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीद्वारा राजीनामा



धनगढी । ओली पक्षमा लागेर प्रदेश सरकार विरुद्ध क्रियाकलप गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेको ८ दिनपछि ओली पक्षकै अर्का मन्त्रीले प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज पदबाट राजीनामा दिएका हुन् ।

पार्टी विभाजनमा दोधारको स्थितिमा रहेका मन्त्री बोहरा पछिल्लो समय नेकपाको ओली पक्षलाई समर्थन गर्ने निश्कर्षमा पुगेका थिए । उनले राजनीतिक कारण देखाउँदै आज राजीनामाको घोषणा गरेका छन् ।

मन्त्री बोहराले पत्रकार सम्मेलन गर्दै राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत रहेको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : ५६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम