१० असार २०८३, बुधबार | June 24, 2026

ट्रम्पका समर्थकले गरे अमेरिकी संसद भवनमा आक्रमण, एक महिलाको मृत्यु



एजेन्सी । अमेरिकी संसद भवन भित्र गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका हुन । यो घटनामा गोली लागेर एकजना महिलाको मृत्यु भएको छ ।

अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ । अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो ।

सदनभित्र बहस चलिरहेका बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । झ्याल र ढोका तोडफोड गरेर हतियारसहित ट्रम्प समर्थक भित्र पसेका थिए । संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो ।

प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन् । बुधबार बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बिहीबार बेलुका ६ बजेसम्म जारी रहनेछ । कर्फ्यूका बावजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शनहरु भैरहेका छन ।

संसद भवनमा भएको आक्रमण लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेको बिबिसीले जनाएको छ ।

अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको उनले टिप्पणी गरेका छन् । कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमा भएको आक्रमण लोकतन्त्रका लागि शोभनीय नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ७ : ३१ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं