१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

ट्रम्पका समर्थकले गरे अमेरिकी संसद भवनमा आक्रमण, एक महिलाको मृत्यु



एजेन्सी । अमेरिकी संसद भवन भित्र गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका हुन । यो घटनामा गोली लागेर एकजना महिलाको मृत्यु भएको छ ।

अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ । अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो ।

सदनभित्र बहस चलिरहेका बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । झ्याल र ढोका तोडफोड गरेर हतियारसहित ट्रम्प समर्थक भित्र पसेका थिए । संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो ।

प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन् । बुधबार बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बिहीबार बेलुका ६ बजेसम्म जारी रहनेछ । कर्फ्यूका बावजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शनहरु भैरहेका छन ।

संसद भवनमा भएको आक्रमण लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेको बिबिसीले जनाएको छ ।

अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको उनले टिप्पणी गरेका छन् । कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमा भएको आक्रमण लोकतन्त्रका लागि शोभनीय नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ७ : ३१ बजे

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य