२४ बैशाख २०८१, सोमबार | May 6, 2024

ट्विटरले डोनाल्ड ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदियो



बीबीसी । अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गरेपछि अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिएको छ ।

ट्वीटरले राष्ट्रपति ट्रम्पको एकाउन्ट १२ घण्टाका लागि बन्द गर्ने घोषणा गरेको हो । ट्वीटरले यो कारवाही उनको चुनाव सम्बन्धी ट्वीट्समाथि गरेको हो । डोनाल्ड ट्रम्पले ती तीनवटा ट्वीट नहटाएसम्म उनको ट्वीटर एकान्उट बन्द नै रहने बताइएको छ ।

स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे आसपास ट्रम्पले एउटा ट्वीट गरे जहाँ उनले चुनावमा धोका भएको झूटो दावीका अलावा आफ्ना समर्थकलाई ‘यस दिन याद राख्नु’ भन्दै अझै उत्तेजित हुन प्रोत्साहित गरे ।

उनले लेखेका थिए, ‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ । लामो समयदेखि उसलाई खराव र एकपक्षीय व्यवहार गरिन्छ । शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस ।’

ट्वीटरले लगत्तै यो ट्वीटलाई हटाएको छ र ट्रम्पको एकाउन्ट नै निलम्बनमा राखेको छ । उनको यो ट्वीटले आफ्नो कम्पनीको नियमको उल्लंघन भएको ट्वीटरको प्रष्टोक्ति छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ८ : ४२ बजे

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण