६ श्रावण २०८३, बुधबार | July 22, 2026

ट्विटरले डोनाल्ड ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदियो



बीबीसी । अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गरेपछि अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिएको छ ।

ट्वीटरले राष्ट्रपति ट्रम्पको एकाउन्ट १२ घण्टाका लागि बन्द गर्ने घोषणा गरेको हो । ट्वीटरले यो कारवाही उनको चुनाव सम्बन्धी ट्वीट्समाथि गरेको हो । डोनाल्ड ट्रम्पले ती तीनवटा ट्वीट नहटाएसम्म उनको ट्वीटर एकान्उट बन्द नै रहने बताइएको छ ।

स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे आसपास ट्रम्पले एउटा ट्वीट गरे जहाँ उनले चुनावमा धोका भएको झूटो दावीका अलावा आफ्ना समर्थकलाई ‘यस दिन याद राख्नु’ भन्दै अझै उत्तेजित हुन प्रोत्साहित गरे ।

उनले लेखेका थिए, ‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ । लामो समयदेखि उसलाई खराव र एकपक्षीय व्यवहार गरिन्छ । शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस ।’

ट्वीटरले लगत्तै यो ट्वीटलाई हटाएको छ र ट्रम्पको एकाउन्ट नै निलम्बनमा राखेको छ । उनको यो ट्वीटले आफ्नो कम्पनीको नियमको उल्लंघन भएको ट्वीटरको प्रष्टोक्ति छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ८ : ४२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क