२७ भदौ २०८३, शनिबार | September 12, 2026

उन्मादी शासक ट्रम्पका समर्थकले मच्चाए अमेरिकी संसदमा ताण्डव, अहिलेसम्म ४ जनाको मृत्यु



अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा अहिलेसम्म मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक चारमध्ये एक जना महिला भएको प्रहरीले जनाएको छ ।

अमेरिकी संसदमा राष्ट्रपति पदमा विजयी जो बायडनको विजयी भएको मतको अधिकारिकता जाँच भैरहेको बेलामा ट्रम्पका समर्थकहरुले गएरातिदेखि नै संसदमा आक्रमण गरेका थिए । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेको थियो ।

ट्रम्प समर्थकहरुले सुरक्षा घेरा तोडेर संसद भवन ‘क्यापिटल बिल्डिङ’भित्र पसेका थिए। उनीहरु इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए।

संसद बैठक कक्षमै आक्रमण भएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थिए । त्यसक्रममा पुलिसको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने अन्य तीन जनाको ‘मेडिकल इमरजेंसी’ का कारण मृत्यु भएको थियो । हिंसाको क्रममा मारिएकी महिलाको प्रहरीले सनाखत गरेको छ । उनी सान डियगोकी बासिन्दा एशली बैबिट भएको प्रहरीले जनाएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनी यूएस एयर फोर्समा काम गरेकी थिइन । संसद भवन ‘क्यापिटल बिल्डिङ’ मा घुस्दै गर्दा उनलाई गोली लागेको थियो ।

हिंसा फैलाउन सक्रिय ५२ जनालाई प्रहरीले वासिङ्गटनबाट गिरफ्तार गरेको छ । जसमध्ये ४७ जना कर्फु तोडेको अभियोगमा समातिएका हुन् ।

सुरक्षाकर्मीले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्। हिंसा फैलिँदै गएपछि वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि संकटकाल लगाएका छन्।

केही दिनमै सत्ताबाट बाहिरिँदै गरेका ट्रम्पले हिंसालाई प्रश्रय दिने खालका ट्वीटहरु गरेपछि ट्वीटरले ती ट्वीटहरुलाई हटाएको थियो । ट्रम्पले फेरि पनि त्यस्ता ट्वीट गरेमा उनको आधिकारिक ट्वीटर ह्याण्डल सधैंका लागि बन्द गरिदिने ट्वीटरले चेतावनी दिएको थियो ।

 

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ११ : ५२ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल