१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

‘झोले डाक्टर’ र औषधीको अवैध पैठारीका कारण औषधी व्यवसाय मर्कामा



बुटवल । सिमावर्ती बजारमा औषधीको अबैध पैठारीमा कडाई नगर्दा औषधी व्यवसायीहरु मर्कामा परेको बुटवलका औषधी व्यवसायीहरुले बताएका छन् । औषधी ब्यवसायी संघ रुपन्देही शाखाले बुटवलमा गरेको औषधीका खुद्रा व्यवसायीको भेलामा सहभागी वक्ताहरुले बजारमा भारतीय औषधीको दबदबा रहेको बताउंदै अवैध पैठारीलाई राज्यले कडाई गर्न नसकेको बताए । लुम्बिनी क्षेत्रमा झोले चिकित्सक र भारतिय औषधीका कारण वैधानिक व्यवसाय गर्ने औषधि व्यावसायीहरु मर्कामा परेको उनीहरुको भनाई छ ।

भेलामा बोल्दै औषधी व्यवसायी संघका खुद्रा तर्फका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खरेलले खुला सिमाका कारण बजारमा भारतिय औषधीको दबदबा रहेको बताए ।खरेलले होलसेल विक्रेता र खुद्रा औषधी विक्रेताहरु बिच द्वन्द्वले आम उपभोक्ता मर्कामा पर्ने गरेको उल्लेख गर्दै खुद्रा औषधी ब्यवसायीहरु पेशाप्रति वफादार, उपभोक्ता प्रति उत्तरदायी बन्न आग्रह गरे ।

संघका जिल्ल अध्यक्ष सुरज भट्टराईले रुपन्देहीमा हरेकजसो क्षेत्रमा फरकफरक समस्याहरु रहेको बताए ।

भेलामा उपस्थित व्यवसायीहरुले फुट सप्लिमेन्ट्री र कस्मेटिक औषधी विक्रिमा विरामीहरुले पाउने डिस्काउन्ट, औषधीको म्याद सकिने लगायतका समस्यालाई समाधानका बाटो खोल्न सरोकारवालालाई सुझाव दिएका थिए । कतिपय कस्मेटिक उपचार र औषधी स्टकमा राख्नुपर्ने बाध्यता रहेरपनि यसबाट फाईदा नहुने उनिहरुले बताए ।

गुणयुक्त असरयुक्त, जनसुरक्षित औषधीको आपुर्ति, हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको संघले ब्यवसायिक हितका लागि क्षेत्रगत ४ वटा भेला, सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान, आर्थिक सहयोग लगायतका कार्यक्रमहरु सम्पन्न गरि सकेको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ५ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम