१६ माघ २०८२, शुक्रबार | January 30, 2026

डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन माग



काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसदमा हमला गरेपछि दुवै सदनका विपक्षीहरूले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन ।

सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएकी छन । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका छन ।

ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन । सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताए । ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ ।

तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो । उनले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गरे ।

उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिलाई हटाएर उपराष्ट्रपतिले कार्यभार सम्हाल्न सक्छन । त्यसका लागि उपराष्ट्रपति माइक पेन्सले कम्तिमा ८ जना मन्त्रिमण्डलका सदस्यसहित ट्रम्पसँग सम्बन्ध तोड्नुपर्नेछ । त्यो अहिले नै सम्भव देखिएको छैन ।

मेरिल्यान्डका रिपब्लिकन गभर्नरले पनि ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनुपर्ने बताएका छन । ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ । हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने बताएका छन ।

अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक हमला भएको हो । यो हमला सन् १८१२ को युद्धपछिको पहिलो भएको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो । बुधबार भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको थियो भने ६८ जना पक्राउ परेको बीबीसीले जनाएको छ ।

प्रहरीले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा पनि व्यापक आलोचना भइरहेको छ । घटनापछि प्रहरी अधिकारीहरूमाथि नै छानबिनको माग उठाइएको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले राजीनामा दिएका छन ।

यूएस क्यापिटल प्रहरीका प्रमुखले आपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेर सम्भावित अरू खतरालाई प्रहरीले टारेको जनाएका छन ।

घटनापछि ट्रम्प प्रशासनका कैयौँ अधिकारीहरूले पनि राजीनामा दिएका छन् । राजीनामा दिनेमा यातायातमन्त्री एलेन चाओ अन्तिम उच्च अधिकारी भएकी छन ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : १६ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता