३ चैत्र २०८२, मंगलबार | March 18, 2026

डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन माग



काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसदमा हमला गरेपछि दुवै सदनका विपक्षीहरूले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन ।

सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएकी छन । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका छन ।

ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन । सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताए । ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ ।

तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो । उनले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गरे ।

उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिलाई हटाएर उपराष्ट्रपतिले कार्यभार सम्हाल्न सक्छन । त्यसका लागि उपराष्ट्रपति माइक पेन्सले कम्तिमा ८ जना मन्त्रिमण्डलका सदस्यसहित ट्रम्पसँग सम्बन्ध तोड्नुपर्नेछ । त्यो अहिले नै सम्भव देखिएको छैन ।

मेरिल्यान्डका रिपब्लिकन गभर्नरले पनि ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनुपर्ने बताएका छन । ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ । हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने बताएका छन ।

अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक हमला भएको हो । यो हमला सन् १८१२ को युद्धपछिको पहिलो भएको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो । बुधबार भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको थियो भने ६८ जना पक्राउ परेको बीबीसीले जनाएको छ ।

प्रहरीले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा पनि व्यापक आलोचना भइरहेको छ । घटनापछि प्रहरी अधिकारीहरूमाथि नै छानबिनको माग उठाइएको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले राजीनामा दिएका छन ।

यूएस क्यापिटल प्रहरीका प्रमुखले आपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेर सम्भावित अरू खतरालाई प्रहरीले टारेको जनाएका छन ।

घटनापछि ट्रम्प प्रशासनका कैयौँ अधिकारीहरूले पनि राजीनामा दिएका छन् । राजीनामा दिनेमा यातायातमन्त्री एलेन चाओ अन्तिम उच्च अधिकारी भएकी छन ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : १६ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड