२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

महायज्ञको आयब्याय विद्यालयलाई हस्तान्तरण



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित प्रगति माविको भौतिक र शैक्षिक प्रगतिका लागि भन्दै आयोजना गरिएको महायज्ञको हिसाब किताब शुक्रबार पत्रकार सम्मेलन गरि विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

महायज्ञ मुलसमितिका अध्यक्ष जित बहादुर मल्लले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण सारु, सचिव तथा विद्यालयका प्रअ शिव कुमारी अर्यालले आयब्याय हस्तान्तरण गरेका हुन । विद्यालयलाई स्तर बढाउने योजना अनुसार गरिएको महायज्ञबाट धेरै काम भएको उनको दाबी छ ।
बिस २०७५ बैशाख १ देखि २९ गतेसम्म भएको महायज्ञमा दानबिरहरुले नगद, जिन्सी गरि १ करोड ५४ लाख १६ हजार ३ सय ५१ रुपैया प्रतिवद्घता गरेकोमध्ये ३६ लाख ५२ हजार २ सय २४ खर्च भएको उनले बताए ।

प्रतिवद्घता जनाए अनुसार ५७ लाख ९२ हजार ५ सय ५१ रुपैया उठ्न बाकि रहेको छ । बढिमा ५ लाख ७५ हजारसम्म कबोल गरेको उनले बताए । महायज्ञबाट उठेको रकम २२ लाख ११ हजार १ सय ३३ रुपैया विद्यालयलाई प्रदान गरि शिक्षक, कर्मचारीको तलब ब्यवस्थापन गरिएको उनले बताए ।

विद्यालयमा ३ जना करार, ३ जना स्थाई, ४ जना राहत, ४ जना बालबिकास, १ जना मावि लगायत गरि १८ जना शिक्षक कर्मचारी र साढे ५ सय जना विद्यार्थीहरु अध्ययरत छन ।

वडाका जनप्रतिनिधि माया दर्नालले विद्यालयको स्तरस्नोत्तीका लागि पहल गरेको बताईन ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : १५ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन