१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

महायज्ञको आयब्याय विद्यालयलाई हस्तान्तरण



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित प्रगति माविको भौतिक र शैक्षिक प्रगतिका लागि भन्दै आयोजना गरिएको महायज्ञको हिसाब किताब शुक्रबार पत्रकार सम्मेलन गरि विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

महायज्ञ मुलसमितिका अध्यक्ष जित बहादुर मल्लले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण सारु, सचिव तथा विद्यालयका प्रअ शिव कुमारी अर्यालले आयब्याय हस्तान्तरण गरेका हुन । विद्यालयलाई स्तर बढाउने योजना अनुसार गरिएको महायज्ञबाट धेरै काम भएको उनको दाबी छ ।
बिस २०७५ बैशाख १ देखि २९ गतेसम्म भएको महायज्ञमा दानबिरहरुले नगद, जिन्सी गरि १ करोड ५४ लाख १६ हजार ३ सय ५१ रुपैया प्रतिवद्घता गरेकोमध्ये ३६ लाख ५२ हजार २ सय २४ खर्च भएको उनले बताए ।

प्रतिवद्घता जनाए अनुसार ५७ लाख ९२ हजार ५ सय ५१ रुपैया उठ्न बाकि रहेको छ । बढिमा ५ लाख ७५ हजारसम्म कबोल गरेको उनले बताए । महायज्ञबाट उठेको रकम २२ लाख ११ हजार १ सय ३३ रुपैया विद्यालयलाई प्रदान गरि शिक्षक, कर्मचारीको तलब ब्यवस्थापन गरिएको उनले बताए ।

विद्यालयमा ३ जना करार, ३ जना स्थाई, ४ जना राहत, ४ जना बालबिकास, १ जना मावि लगायत गरि १८ जना शिक्षक कर्मचारी र साढे ५ सय जना विद्यार्थीहरु अध्ययरत छन ।

वडाका जनप्रतिनिधि माया दर्नालले विद्यालयको स्तरस्नोत्तीका लागि पहल गरेको बताईन ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : १५ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण