१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवलको मिलनचोकमा आमाको भान्सा घरको शुभारम्भ



बुटवल । बुटवलमा अर्गानीक परिकारको आमा भान्साघर शुभारम्भ भएको छ ।

शुक्रबार एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसि, भान्साघरका आमा चन्द्रकला क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधव कुमार खनालले भान्साघरको औपचारिक उद्घाटन गरेका हुन ।

संघका अध्यक्ष जिसिले पर्यटन नगरी बुटवलमा सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट खुल्ने क्रममा रहेको भन्दै नया र फरक ढंगका भान्साघरको पहिचान हुने बताए ।

देशमा ६० हजारभन्दा बढीले संचालन गरेका मध्यम वर्गका लक्षित नीति बनाउन सरकार चुकेको उनले दाबी गरे । निक्कै लामो प्रयास पछि होटल ब्यवसायलाई मर्यादित पेशा बनाउने काममा आफुहरु लागेको उनले बताए । आन्तरिक घुमफिरका योजना बनाउने रुपमा विविध कार्यक्रम बनाउनतर्फ आफू लाग्ने प्रतिवद्घता समेत जनाए ।

भान्साघरका संचालक सुश्मा क्षेत्रीले महिलाहरु आर्थिक रुपमा पछि परेको बेला सेवा उद्योगका रुपमा भान्साघर शुरु गरेको बताईन । भान्साघरमा ७ जना महिलाहरुले रोजगार पाएको उनले बताईन ।

लामोसमय वैदेशिक रोजगार गरि फर्किएका संचालक सुरेश केसीले स्वरोजगार बन्न भान्साघर संचालन गरेको बताए । अहिलेसम्म भान्साघरमा ८० लाख खर्च भएको उनले बताए ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : २३ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।