६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

प्रचण्ड–नेपाल पक्षलाई १० सिट जितेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रचण्ड नेपाल पक्षलाई आगामी निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले कैलालीको धनगढीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आगामी चुनावमा देशभरीबाट १० सिट जित्न चुनौती दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा अब चुनावबाट बाहेक अन्यबाट आउन नसक्ने बताउँदै प्रतिनिधिसभा कानुनी, संवैधानिक र व्यवहारिक कुनै पनि हालतमा पुनर्स्थापना नहुने ठोकुवा गरे । उनले चुनाव बैशाख मै हुने बताउँदै चुनाव हुँदैन भन्ने कुराको विश्वास नगर्न आग्रह गरे ।

प्रचण्ड–नेपाल पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केहि पार्टी छाडेर गएका भगौडाहरुले जनतामा भ्रम छर्ने कोशिश गरेका छन्, ती सबै झुठा हुन् ।’ उनले आफुले नेतृत्व गरेको नेकपा छोरी बुहारी, भाई भतिजाको पार्टी नभएको बताउँदै जनताको पार्टी आफु भएको पार्टी मात्र भएको दाबी गरे ।

‘नानी भन्दा नारा ठूलो, मान्छे भन्दा कुरा ठूला’ नेकपा नेता भिम रावल प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अछाममा बाटोमा हिँडिरहेका फुच्चेलाई राजनीतिमा ल्याएँ, अहिले ठूला कुरा गर्ने ?’

प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : २८ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता