१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

कोहलपुर ओपन क्रिकेट – आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स नेपालगंज फाइनलमा



कोहलपुर । शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स फाइनल प्रवेश गरेका छन्।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमीफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लब तथा बिबी वारियर्सले बिबीसीसी किर्तिपुरलाई पराजित गर्यो।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लबलाई ४ विकेटले पराजित गर्यो। न्यु दर्पणले दिएको ६३ रनको लक्ष्य कोहलपुरले ९।२ ओभरमा ६ विकेट क्षेतिमा पुरा गर्यो।

कोहलपुरको लागि विनायक गिरिले सर्वाधिक १७ रन, अजय शहानीले १३ रन, सन्दिप नेपालीले १२ रन तथा रमेश सिंहले १० रन बनाए। न्यु दर्पणका बलर सिमोन थापा र दिपक राना मगरले समान २ विकेट तथा करन भण्डारी र मोहन थापाले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको न्यु दर्पणले १३।५ ओभरमा सबै विकेट गुमाएर ६२ रन बनाएको थियो। उसको लागि गजेन्द्र ओलीले सर्वाधिक २० तथा दिप राना मगरले १२ रन बनाए। कोहलपुर क्रिकट एकेडेमीका बलर रोशन सिंह, लभकुश यादव, रुपेश कुर्मी र रमेश सिंहले समान २ विकेट तथा अजय शहानिले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रुपेश कुर्मी चुनिए।

दोश्रो सेमीफाइनलमा बिबि वारियर्सले बिबिसीसी किर्तिपुरलाई ३१ रनले पराजित गर्यो।

यस अघि टस जितेर ब्याटिंग रोजेको बिबी वारियर्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १२६ रन बनएको थियो। उसको लागि विजय चौधरीले अर्धशतक बनाउने क्रममा ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए। शाहिद अन्सारीले २६, अनुपम सिंह र प्रनित थापाले समान १६ रन तथा अमर सिंह रौटेलाले १० रन बनाए। बिबिसीसी किर्तिपुरका बलर सौरभ बमले २ विकेट तथा प्रकाश चन्द ठकुरी र निरज सिंह धामीले समान १ विकेट लिए।

यस अघि शुक्रबारनै सम्पन्न चौथो क्वार्टरफाइनलमा बिबिसीसी किर्तिपुरले यस एक्स्पर्टलाई ३२ रनले पराजित गर्यो। बिबीसीसीले दिएको १०० रनको लक्ष्य पछ्याउने क्रममा यस एक्स्पर्टले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो।

एक्स्पर्टको लागि शुबेन्दु पाण्डेले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनौं सकेनन्। बिबीसीसीका बलर किशन बिस्टले सर्व्धिक ३ विकेट तथा निरज सिंह धामी, सौरभ बम र सुरज तिवारीले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बिबिसीसी किर्तिपुरले १४।४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो।

बिबिसीसीको लागि किशन बिस्टले सर्वाधिक २२ रन, सौरभ बमले १९ रन, सन्दिप कुँवरले १३ रन तथा दिपक बोहराले १० रन बनाए। यस एक्स्पर्टका बलर सन्दिप खत्री र बसन्त रेग्मीले समान ३ विकेट लिए। नासिर अन्सारी, सौगात खत्री, अनिश छेत्री र राकेश गगुप्ताले समान १ विकेट लिए।

खेलको प्लेयर फ द म्याच किशन बिस्ट चुनिए।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : ३७ बजे

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा