२० बैशाख २०८३, आइतबार | May 4, 2026

तेस्रो लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुदैं



बुटवल । बुटवलमा रहेको लाफा समुहले खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

समुहले शनिबार पत्रकार सम्म्मेलन गरी आगामी माघ २३ र २४ गते तेस्रो लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, मकवानपुर, कास्की, दाड, सल्यान बाकें लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक ज्ञानु सारुले जानकारी दिए । यस वर्ष १ सय ५० बढी टिम सहभागि हुने समुहका संरक्षक वासुदेव लामिछानेले बताए ।

खुलातर्फ ९० तथा भेट्रान्स तर्फ ५० बढी टिमको सहभागीता रहने प्रतियोगितामा खुला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने समुहका समुहका उपाध्यक्ष पुरन गाहाले जानकारी दिए ।

भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ ३ हजार प्रवेश शुल्क लाग्ने र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको समुहका अध्यक्ष तारा सिंह रेस्मीले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १६ लाख ४० हजार रुपैयां खर्च अनुमान गरिएको उनले बताए । समुहका उपाध्यक्ष पुरन गाहाले गत बर्ष भन्दा धेरै खेलाडिको सहभागिता रहेन अपेक्षा गरेको बताए । उनले गतबर्ष खूला ७८ र भेट्रान्सतर्फ ३५ समुहको सहभागती रहेकोमा अहिले ११५ टिम र भेट्रान्सतर्पm ५० अपेक्षा गरेको बताए । यस्तै यसबर्ष पुरस्कार राखी पनि बृद्धि गरिएको छ ।

सम्मेलनमा प्रतियोगिताका संयोजक ज्ञानु सारुले समुहले बिभिन्न सामजिक कार्यहरु बताए । उनले कोरोना महामारीको बेला आर्थीक समस्या भएको परिवारलाई १२० परिवार खाद्यान्न सहयोग गरेको बताए । समूहले ब्याडमिन्टन कवर्ड हल भाडामा लिएर टे्रनिङ्ग सेन्टर संचालन गर्ने योजना बनाएको छ ।

पटक पटक पनि स्थानीय तहसगँ हल निमार्णको लागि जग्गा उपलब्ध गराउन आग्रह गरेपनि जग्गा नपाउदाँ व्यतिmको जग्गा लिजमा लिएर चलाउनु पर्ने बाध्यता रहेको समुहका पूर्व अध्यक्ष केशब रानाले गूनासो गरे । समुहमा हाल १५० भन्दा बढि सदस्य रहेका छन ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ३ : ४८ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता