१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जलाई



नेपालगन्ज । शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको शनिवार कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्यो।

खेलमा पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ९४ रनको लक्ष्य बिबी वारियर्सले १५।३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। वारियर्सको लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रन, सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए। कोहलपुर एकेडेमीको बलिंगमा रुपेश कुर्मीले २ विकेट तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो। उसको लागि सन्दिप नेपालीले सर्वाधिक अविजित ३१ रन, शेर बहादुर ओलीले १४ रन तथा रमेश सिंहले १० रन बनाए। बिबी वारियर्सको बलिंगमा बिशाल पौडेलले सर्वाधिक ३ विकेट तथा सिद्धान्त राज शाही, अमर सिंह रौटेला र आकाश बिस्टले समान २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिबी वारियर्सका अमर सिंह रौटेला चुनिए।

प्रतियोगिताको उपाधि सहित बिबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टोलि कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताको उत्कृस्ट खेलाडी बिबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए जसले १० हजार रुपैया पाए। यस्तै प्रतियोगिताको उत्कृस्ट बलर आकाश बिस्ट तथा उत्कृस्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए जसले जनही ५ हजार रुपैयाँ चुनिए।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, विशिष्ट अतिथि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्री, बाँके जिल्ला क्रिकेट संघका सदस्य तथा अन्तर्राष्ट्रिय अम्पायर मनमोहन लम्साल, बिबी साइकलका प्रोपाइटर सरिफ बागवान लगायतले पुरस्कार वितरण गरे।

पुष २० गते देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टोलिहरु सहभागी रहेका थिए।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ८ : ३२ बजे

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा