३ चैत्र २०८२, मंगलबार | March 18, 2026

गोरखा-काठमाडौं एकीकरण पदयात्रा आज हनुमानढोका आइपुग्दै



काठमाडाैं । गोरखा दरबारबाट गत मङ्‍‍गलबार सुरु भएको गोरखा-काठमाडाैं एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमानढोका दरबार आइपुग्दै छ ।

नुवाकोटको ककनी गाउँपालिका-५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्‍‍ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र दीप हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको पहिलोपटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयवासीले आइतबार नै पञ्चैबाजासहित स्वागत गरेका छन ।

उक्त पदयात्रा त्यसपछि मुड्खुगढी र थानागढी हुँदै बालाजु बाइपास-सोह्रखुट्टे-पकनाजोल-नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको निर्देशनालयले जानकारी दिएको छ ।

हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गरेपछि शम्शेर दल गणले हनुमान ढोकामा तैनाथ शार्दूलजङ्‍‍ग गुल्मलाई झण्डा हस्तान्तरण गर्ने छ ।

सैनिक कवाज प्रदर्शनसहित दीप तथा ती पाँच प्रथम युनिटका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम पनि हुनेछ । रासस

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : १८ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड