२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

तिलोत्तमा क्रिकेट विकास समितीमा नयाँ नेतृत्व



बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा क्रिकेट विकास समितीको ५ औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट दीपक भुर्तेल अध्यक्षमा चयन भएका छन् ।

शनिवार सम्पन्न भएको अधिवेशनबाट भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन भएको हो । समितीको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा श्रीराम नेपाली, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह सचिवमा मिलन भण्डारी, सह कोषध्यक्षमा रोशन शर्मा निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा माधव पन्थ, प्रकाश घिमिरे र भुपराज अधिकारी चयन भएको निर्वाचन समितीका संयोजक वावुराम गैरेले बताए । यसैबीच, समितीको साधारणसभाका अवसरमा कान्तिपुर दैनिककी रुपन्देही संवाददाता सन्जु पौडेल खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् ।

उनलाई शनिवार तिलोत्तमा क्रिकेट विकास समितिले सम्मान गरेको हो । आफ्नो पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकारिताको माध्यमबाट क्रिकेट खेलको विकासका लागि पत्रकारिता तथा संचारको माध्यमबाट योगदान पुयार्एको भन्दै पौडेललाई नगद राशिसहित दोसल्ला ओडाएर नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले सम्मान गरेका हुन् ।

पौडेल ले विगत ११ वर्षदेखि सक्रिय पत्रकारिता गरिरहेकी छन् । पौडेल पत्रकार महासंघ , रुपन्देहीकी कार्यसमिति सदस्य समेत हुन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ३६ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन