१६ माघ २०८२, शुक्रबार | January 30, 2026

तिलोत्तमा क्रिकेट विकास समितीमा नयाँ नेतृत्व



बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा क्रिकेट विकास समितीको ५ औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट दीपक भुर्तेल अध्यक्षमा चयन भएका छन् ।

शनिवार सम्पन्न भएको अधिवेशनबाट भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन भएको हो । समितीको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा श्रीराम नेपाली, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह सचिवमा मिलन भण्डारी, सह कोषध्यक्षमा रोशन शर्मा निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा माधव पन्थ, प्रकाश घिमिरे र भुपराज अधिकारी चयन भएको निर्वाचन समितीका संयोजक वावुराम गैरेले बताए । यसैबीच, समितीको साधारणसभाका अवसरमा कान्तिपुर दैनिककी रुपन्देही संवाददाता सन्जु पौडेल खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् ।

उनलाई शनिवार तिलोत्तमा क्रिकेट विकास समितिले सम्मान गरेको हो । आफ्नो पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकारिताको माध्यमबाट क्रिकेट खेलको विकासका लागि पत्रकारिता तथा संचारको माध्यमबाट योगदान पुयार्एको भन्दै पौडेललाई नगद राशिसहित दोसल्ला ओडाएर नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले सम्मान गरेका हुन् ।

पौडेल ले विगत ११ वर्षदेखि सक्रिय पत्रकारिता गरिरहेकी छन् । पौडेल पत्रकार महासंघ , रुपन्देहीकी कार्यसमिति सदस्य समेत हुन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ३६ बजे

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’