१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

षडयन्त्र गरेर प्रधानमन्त्री हटाउन खोजेपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिको पदलोलुपता र महत्वाकांक्षाले राजनीति प्रदुषित बन्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहे पनि षड्यन्त्र गरेर प्रधानमन्त्री हटाउन खोजिएपछि प्रतिनिधिसभा भंग गरिएको दाबी गरेका हुन् ।

सरकारलाई काम गर्न नदिएर फोहोरी खेलमा लागेपछि समय बर्बाद नगर्न ताजा जनादेशमा जाने निर्णय गरेको ओलीले जिकिर गरे ।

ओलीले बाह्य शक्तिको इसारामा देशका शक्तिहरु गोटी भएपछि, विकास निर्माणको कामा व्यवधान गर्न थालेपछि, प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि अस्थिरता रोक्न आफुले प्रयास गरेको उनले जिकिर गरे ।

ओलीले सभामुखले सरकारलाई अस्वीकार गरेको आरोप पनि लगाए । सरकारले लगेका विधेयक पारित गर्नबाट सभामुखले रोकेको उनले आरोप लगाए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : ०२ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७