९ चैत्र २०८२, सोमबार | March 23, 2026

ललितपुरको कर्मनासा खोला किनाराको जमिन हाउजिङको नाममा बनाउने विरुद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोलाआसपासको सरकारी सार्वजनिक जग्गा हाउजिङका नाममा पास गर्ने सरकारी कर्मचारी र हाउजिङ सञ्चालक विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २३ र २८मा पर्ने कर्मनाशा (कोड्कु) खोलाको जमिन कम्पनीका नाममा पास गर्ने मालपोत र नापीका कर्मचारी एवं हाउजिङ सञ्चालकहरुविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

अख्तियारले नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, विरुद्ध जनही २ करोड भन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

यसैगरी मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेल विरुद्ध पनि सोही बिगो बमोजिम मुद्दा दायर गरेको छ ।

यस्तै, खोलाको जमिन आफ्नो नाममा पार्न चलखेल गर्ने यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर विरुद्ध पनि मुद्दा दायर भएको छ ।

काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी कर्मचारीको मिलेमतोमा सरकारी सार्वजनिक जमिन कम्पनीको नाममा बनाई सो ठाउँमा प्लटिङ गरिएको अनुसन्धानको क्रममा खुलेको अख्तियारले जनाएको छ ।

उनीहरुले विक्रम संवत २०२२ सालको नापी नक्सालाई तोडमोड गरी कुल आठ रोपनी १२ आना तीन पैसा दुई दाम जमिन कम्पनीको नाममा सारेर प्लटिङ गरेका थिए । प्लटिङ गरिएको सो जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको अख्तियारको अनुसन्धानले निस्कर्ष निकालेको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ४ : ५९ बजे

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलका नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा