११ असार २०८३, बिहिबार | June 26, 2026

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाली धावक पुष्पालाई स्वर्ण



काठमाडौं । नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन् । पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा रजत जितेकी थिइन् ।

बंगलादेशको ढाकामा भएको म्याराथनमा जितसंगै पुष्पाले ५ लाख टाका नगद पुरस्कार जितेको टिम प्रशिक्षकको भूमिकामा ढाकामा रहेका धनीराम चौधरीले जनाएका छन् । पुष्पा दक्षिण एसिायली राष्ट्रमा पहिलो भएकी हुन् । उक्त स्पर्धामा विभिन्न ३ राष्ट्रका १२ खेलाडी सहभागी थिए । भारतबाट ३, नेपालबाट १ र बंगलादेशबाट ८ खेलाडीले भाग लिएको प्रशिक्षक चौधरीले जानकारी गराए । भारतीय खेलाडीले दोश्रो र तेश्रो स्थान हासिल गरे ।

म्याराथनमा पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरणसिंह बोगटीले प्रतिस्पर्धा गरेका थिए । किरण दक्षिण एसियाली राष्ट्रमा चौथो भए । निर्धारित दूरी तय गर्न किरणले २ घण्टा २६ मिनेट १३ सेकेन्ड समय खर्चे । प्रशिक्षक चौधरीका अनुसार किरण बाहेक म्याराथनमा भारतबाट ५, माल्दिभ्सबाट १ र बंगालदेशबाट ७०/८० जनाले भाग लिएका थिए । शीर्ष तीन स्थानमा भारतीय खेलाडीले कब्जा जमाए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ६ : १३ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा